बाँके– १ मा एमालेका सूर्य ढकाल विजयी

नेपालगञ्ज । बाँकेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा (एमाले) का सूर्य ढकाल विजयी भएका छन् । उनी २५ हजार २६ मत प्राप्त गरी विजयी भएको सहायक निर्वाचन अधिकृत सन्दीप ढकालले जानकारी दिए ।

लोकतान्त्रिक वाम गठबन्धनबाट युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) लाई ५ हजार ३ सय ९४ मतले पराजित गर्दै उनी विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

गहतराजले १९ हजार ६ सय ३२ मत पाएका छन् । सो निर्वाचन क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीका सुरेशकुमार चौधरीले ११ हजार चार सय ६५ मत प्राप्त गर्दा राष्टिय स्वतन्त्र पार्टीका आनन्दबाबु काफ्लेले १० हजार ७१ मत प्राप्त गरेका छन् ।

तीन निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी १ नम्बर निर्वाचन क्षेत्रमा एक लाख २१ हजार एक सय मतदाता छन् । जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिका पर्छ । उक्त क्षेत्रको प्रदेशसभातर्फको मतगणना जारी छ ।

प्रतिक्रिया