झापा– ३ मा राप्रपा राजेन्द्र लिङ्देन विजयी

बनियानी । झापाको प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन विजयी भएका छन् ।

अध्यक्ष लिङ्देन ४० हजार ६ सय ६२ मतका साथ विजयी भएको झापा क्षेत्र नं ३ का मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले जानकारी दिए ।

उनका निकटतम् प्रतिस्पर्धी लोकतान्त्रिक–वाम गठबन्धनको तर्फबाट नपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलाले ३७ हजार तीन सय ८६ मत प्राप्त गरेका थिए ।

झापा क्षेत्र नम्बर ३ मा अध्यक्ष लिङ्देन दोस्रो पटक विजयी भएका हुन् । विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि अध्यक्ष लिङ्देन र कांग्रेस नेता सिटौलाबीच नै प्रतिस्पर्धा भएको र लिङ्देन विजयी भएका थिए ।

झापा क्षेत्र नम्बर ३ मा एक लाख ३१ हजार चार सय ३२ मतदाता रहेकामा ६८ दशमलव दुई प्रतिशत अर्थात् ८९ हजार ६ सय ३७ मत खसेको थियो । झापा क्षेत्र नम्बर ३ प्रदेशसभा (१) मा नेपाली कांग्रेसका भूमिप्रसाद राजवंशी र प्रदेशसभा (२) मा नेकपा (एमाले) का छविलाल चुडाल प्रदेशसभा सदस्यमा निर्वाचित भइसकेका छन् ।

प्रतिक्रिया