एमालेका विशाल भट्टराईलाई हराउँदै माओवादीका रामकुमार राई विजयी

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईलाई हराउँदै खोटाङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका उम्मेदवार रामकुमार राई ‘पासाङ’ विजयी भएका छन् ।

सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका राईले नेकपा एमालेका विशाल भट्टराईलाई २ हजार ६६९ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । राईले ३१ हजार ३५१ मत पाउँदा भट्टराईले २८ हजार ६८२ मत प्राप्त गरे ।

प्रतिक्रिया