रुकुम पूर्व । रुकुम पूर्वको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर (२) बाट गठबन्धका साझा उम्मेदवार धनबहादुर केसी विजयी भएका छन । केसीले निकटम प्रतिद्वन्द्वीहरुलाई भारी मतले पछि पार्दै विजयी हासिल गरेका हुन् ।
चार हजार आठ सय ३२ मत ल्याएर केसी विजयी हुदाँ गनका प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार नरहरी खड्काले २ हजार २ सय ४४ मत प्राप्त गरे । केसीले खड्कालाई २५८८ मतले पराजित गरे ।
यस्तै नेकपा एमालेकी उम्मेदवार भावना बुढाथोकीले १ हजार ८ सय ६३ मत प्राप्त गरेकी छन् । अर्का स्वतन्त्र उम्मेदवार केशव रावलले ८ सय ४० मत प्राप्त गर्दा राप्रपाका उम्मेदवार केशव चन्द समालले २६६ मत पाए ।
मंगोल नेशनल अर्गनाइजेसनका उम्मेदवार लेखन बुढाले ८३ मत प्राप्त गरे । लालटिन चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बनेका पूर्णजंग सिंहले ११ मत पाएका छन् । यस निर्वाचन क्षेत्रमा कुल मतदाता संख्या १६ हजार ३ सय ३५ छ । जसमा १० हजार ६ सय ५१ अर्थात ६५.२० प्रतिशत मत खसेको थियो ।
रुकुम पूर्व
प्रतिक्रिया