‘ओ बेवफा’ को भिडियो सार्वजनिक

काठमाडौं । माधवराज खरेलको निर्देशनमा बनेको हिन्दी गीत ‘ओ वेवफा’ को भिडियो सार्वजनिक भएको छ । गायक रुपक डोटेलको एकल आवाज रहेको उक्त गीत आरजे म्युजिक प्रोडक्सनको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । एरा प्रोडक्सनको ब्यानरमा निर्माण भएको गीतको भिडियोमा माधवराज खरेल, साक्षी लम्साल र सागर जि तामाङले अभिनय छ । निर्माता तथा पत्रकार कमला जोशीले निर्माण गरेको भिडियोमा मिलन र बिछोडको विषयलाई देखाइएको छ ।

नेपाली, भोजपुरी मैथिली, हिन्दी लगायतका विभिन्न भाषामा कलम चलाएका गीतकार समिर खानको शब्द रहेको उक्त गीतमा राजेन्द्र बजागाईको संगीत छ । झण्डै आधा दर्जन चलचित्र तथा दर्जनौ गीति भिडियोको निर्देशन गरिसकेका निर्देशक खरेलले युवा पुस्ताले मायाप्रेमलाई धन, सम्पत्तिसँग तुलना गरेको विषयलाई भिडियोमा देखाइएको जनाउँदै मिलन र बिछोडको कथा गीतको शब्दमा रहेको बताए । नगरकोटमा खिचिएको भिडियोमा जीवन पराजुलीको छायांकन रहेको छ भने सम्पादन क्यामोदिन मियाँले गरेका हुन् ।

प्रतिक्रिया