डडेल्धुराबाट देउवा विजयी, सागर ढकालले १३ हजार ४२ मत पाए

डडेल्धुरा । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । डडुल्धुराबाट २५ हजार ५३४ मत ल्याउँदै देउवा विजयी भएका हुन्। उनका निकतम् प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत प्राप्त गरेका छन् ।

स्वतन्त्र उम्मेदवार सागर ढकाल चुनाव लड्न गुल्मीबाट डडेल्धुरा पुगेका हुन् । नेपाली कांग्रेस बीपीका कर्णबहादुर मल्लले ७ हजार ५३५ मत ल्याएर तेस्रो स्थानमा रहेको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए ।

प्रतिनिधिसभा सदस्यको मतगणना सकिएलगत्तै प्रदेशसभा सदस्यको मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ५१ हजार २०३ मत गणना हुँदा ३१८७ मत बदर भएको छ ।

प्रतिक्रिया