ललितपुर । प्रतिनिधि सभा सदस्यमा ललितपुरको निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उदयशमशेर राणा निर्वाचित भएका छन् ।
उनले नेकपा एमालेका उम्मेदवार नवराज सिलवाललाई हराउँदै प्रतिनिधि सभामा आफ्नो सिट सुरक्षित गरेका हुन् ।
२०७४ सालमा कांग्रेसका राणा यो क्षेत्रमा सिलवालसँग पराजित भएका थिए । यसपटकको निर्वाचनमा पनि मत गणना सुरु भएपछि लामो समयसम्म सिलवालले नै अग्रता लिएका थिए ।
प्रतिक्रिया