धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभातर्फ नेकपा एमालेका उम्मेदवार लेखराज भट्टले अग्रता कायमै राखेका छन् ।
सुरुवाती अग्रता लिएका नेपाली कांग्रेसका बीरबहादुर बलायरलाई पछि पार्दै अग्रता लिएका भट्टले अग्रतालाई निरन्तरता दिइरहेका छन् । अहिलेसम्म १७ हजार ७६५ मत गणना हुँदा भट्ट ७ हजार ५२७ मतका साथ अग्र स्थानमा छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका बलायरले ६ हजार ८४३ मतसहित पछ्याइरहेका छन् । बलायर कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति हुन् भने भट्ट एमालेका केन्द्रीय सचिव हुन् ।
दुवै जना पूर्वमन्त्री समेत हुन् । सो क्षेत्रबाट गत निर्वाचनमा तत्कालिन माओवादी केन्द्रबाट भट्टले निर्वाचन जितेका थिए ।
कैलाली
प्रतिक्रिया