काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ बाट नेकपा (एमाले) का कृष्णगोपाल श्रेष्ठ प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।
श्रेष्ठ ११ हजार ९५६ मत प्राप्त गर्दै विजयी भएका हुन् । श्रेष्ठका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले १० हजार ९६१ मत प्राप्त गरे ।
त्यस्तै, सत्ता गठबन्धनकी उम्मेदवार नेकपा (माओवादी केन्द्र) की कल्पना धमलाले ६ हजार ४०२ मत ल्याएर तेस्रो भइन् ।
प्रतिक्रिया