प्यूठानमा मतगणना शुरु

प्यूठान । प्यूठानमा दुई दिन ढिलो गरि आजबाट मतगणना शुरु भएको छ । जिल्ला समन्वय समिति प्यूठानको सभाहलमा मंगलवार विहानदेखि मतगणना शुरु भएको हो । सोमवार बसेको सर्वदलीय वैठकले विवादित विषयको निर्णयमा टुंगो लगाएपछि मतगणना शुरु भएको जिल्ला निर्वाचन कार्यालय प्युठानले जनाएको छ ।

जिल्लाभर कुल ५५ दशमलव ७० प्रतिशत अर्थात ८८ हजार ९ सय ९८ मत खसेको छ । महिला ५२ हजार १ सय ७३ र पुरुष ३६ हजार ८ सय २५ जनाले मतदान गरेका छन् ।

जिल्लामा कुल १ लाख ५९ हजार ७ सय ६० मतदाता छन् । शुरुमा प्रदेश सभा १ को सरुमारानी गाउँपालिका गाबिस भवन क, ख, बुथबाट र प्रदेश २ को नौवहिनी गाउँपालिका ३ बराह मावि झिम्प र सिद्देश्वरी प्राबी ढाक्लाङ्ग बुथबाट मतगणना थालिएको छ । जिल्लामा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको ३ दिन भित्र सबै मतगणनाको मत परिणाम आउने बताएको छ ।

बासुदेव गिरी

प्युठान

प्रतिक्रिया