प्रतिनिधिसभामा उम्मेदवारी दिएका गुरुङको निधन

लमजुङ । लमजुङबाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्ष तर्फ उम्मेदवारी दिएका जनता समाजवादी पार्टीका उम्मेदवार नरेन्द्र गुरुङको निधन भएको छ।

उच्च रक्तचापको बिरामी भएर शुक्रबार बेसीशहर स्थित अस्तालमा लगिएकोमा थप उपचारका लागि भरतपुर लगिएकोमा ६२ वर्षको उमेरमा उनको मृत्यु भएको जसपाका केन्द्रीय सदस्य खेमजंग गुरुङले जानकारी गराएका छन्। मर्स्याङ्दी गाउँपालिका २ घनपोखरा घर भई लामोसमय देखि सदरमुकाम बेसीशहर बस्दै आएका थिए ।

यही निर्वाचनमा उम्मेदवारी दिएका उनले उम्मेदवारी फिर्ता लिने समयावधि गुज्रिई सकेपछि गत कार्तिक १ गते पत्रकार सम्मेलन गरि आफ्नो उम्मेदवारी फिर्ता लिएको सार्वजनिक गरेका थिए ।

उम्मेदवारी फिर्ता लिएपनि चुनाव चिन्ह कायमै रहेकोमा ४८९८ मत गणना गर्दा उनको चिन्ह ढल्केको छातामा ५ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय लमुजङले जनाएको छ । उनको निधनमा पार्टी केन्द्रीय सदस्य खेमजंग गुरुङले फेसवुक मार्फत् शोक व्यक्त गरेका छन्।

प्रतिक्रिया