डोटीमा प्रेम आलेलाई सुरुवाती अग्रता

धनगढी । डोटीमा प्रतिनिधिसभा सदस्यतर्फ नेकपा (एकीकृत समाजवादी)का प्रेम आलेले सुरुवाती अग्रता लिएका छ्न । एकमात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको डोटीमा आलेले ६४० मत सहित अग्रता लिएका हुन ।

आले सत्ता गठबन्धनका साझा उम्मेदवार हुन ।
उनका प्रतिस्पर्धी नेकपा एमालेकी उम्मेदवार गौरी ओलीले ४५२ मत सहित पछ्याइ रहेकी छ्न । भने स्वतन्त्र उम्मेदवार नरेन्द्र खड्काले ५३ मत प्राप्त गरेका छ्न ।
हालसम्म १२४९ मत गणना भएको जनाइएको छ । जसमध्ये ८६ मत बदर भएको जनाइएको छ ।

प्रतिक्रिया