इलाम । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल प्रारम्भिक गत गणनामा पछि परेका छन् । इलाम प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा २ हजार ६ सय २ मत गन्दा खनाल २ सय १७ मतले पछि परेका हुन् ।
नेकपा एमालेका महेस बस्नेतले १ हजार २ सय ५८ मत पाउँदा गठबन्धनको समर्थन पाएका खनालले १ हजार ४१ मत मात्र पाएका छन् ।
सो क्षेत्रमा जनता समाजवादी पार्टी नेपालका कमलकुमार राईले २०, नेपाली कांग्रेस (वीपी) का गणेशप्रसाद पौडेलले ८, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जीतकुमार मुखियाले २, राष्ट्रिय प्रजातन्त्र पार्टीका तोयानाथ शर्मा सापकोटाले ३५, राष्ट्रिय जनमुक्तिका पदमबहादुर लिम्बूले ४, मंगोल नेशनल अर्गनाइजेशनका बुद्धलाल मेचेले १ सय ९६, स्वतन्त्र उम्मेदवार नीमातेन्जिङ शेर्पाले १५ र विक्रम पाण्डेले २३ मत प्राप्त गरेका छन् ।
स्वतन्त्र उम्मेदवार नेत्रप्रसाद रेग्मीले कुनैपनि मत पाएका छैनन् । सो क्षेत्रमा ८७ मत बदर भएको छ । इलाम क्षेत्र नम्बर २ को मत गणना जारी छ ।
प्रतिक्रिया