महेन्द्रनगर । कञ्चनपुरमा पूर्वमन्त्री एवं सत्ता गठबन्धनका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन् । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधीसभातर्फ पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकले सुरुवाती अग्रता कायम गरेका हुन् ।
सत्ता गठबन्धनका उम्मेदवार लेखकले १ हजार ६६ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार निरुदेवी पालले ६ सय ३० मत प्राप्त गरेका छन् । प्रतिनिधीसभामा दर्जन उम्मेदवार भए पनि यहाँ सत्ता गठबन्धनका उम्मेदवार लेखक र एमाले नेत्री पालबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
निर्वाचन क्षेत्र नम्बर ३ मा भीमदत्तनगरपालिका–१, २ र ३ नं वडाबाट एकसाथ गणना भइरहेको छ । ९७ हजार आठ सय २२ मतदाता रहेको क्षेत्र नं ३ मा ५७ हजार नौ सय ५५ खसेको जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले जनाएको छ ।
निर्वाचन क्षेत्र नं ३ को प्रदेशसभा १ को समेत गणना दोधारा चादँनी नगरपालिकाबाट सुरु भएको छ । अघिल्लो निर्वाचनमा यो क्षेत्रमा नेकपा एमालेका उम्मेदवार डा. दीपक प्रकाश भट्टले झिनो अन्तरले नेपाली कांग्रेसका नेता रमेश लेखकलाई पराजित गरेका थिए ।
प्रतिक्रिया