डडेल्धुरा । डडेल्धुरामा प्रतिनिधिसभा सदस्यतर्फको मतगणनामा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका शेरबहादुर देउवाले सुरुवाती अग्रता लिएका छन् ।
आज अपरान्ह ५ बजेसम्मको गणनामा देउवाले २३९ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कांग्रेस (विपी) का कर्णबहादुर मल्लले १४१ र सागर ढकाल स्वतन्त्र उम्मेदवारले ९७ मत प्राप्त गरेका छन् ।
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री देउवा यस क्षेत्रबाट सातौँ पटक प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुन् ।
प्रतिक्रिया