कैलाली– ३ मा पनि नागरिक उन्मुक्ती पार्टीको सुरुवाती अग्रता

धनगढी । कैलाली– ३ मा प्रतिनिधिसभा तर्फ नागरिक उन्मुक्ती पार्टीले सुरुवाती अग्रता लिएको छ । सो पार्टीका उम्मेदवार गंगाराम चौधरीले ६०० मतका साथ अग्रता लिएका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार सत्ता गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र) का कृष्णकुमार चौधरीले ४५०, राप्रपा का उम्मेदवार वीरेन्द्रबहादुर बमले ४०० र नेकपा एमालेका उम्मेदवार गौरीशंकर चौधरीले २५० मत प्राप्त गरेका छन् ।

हालसम्म १८१० मत गणना गरिएको जनाइएको छ । त्यस्तै क्षेत्रनम्बर १ मा पनि नागरिक उन्मुक्ती पार्टीले सुरुवाती लिएको छ । उन्मुक्ति पार्टीकी उम्मेदवार रञ्जिता श्रेष्ठले अग्रता बढाउँदै लगेकी हुन् ।

प्रतिक्रिया