बाँकेका तीन वटै क्षेत्रमा मतगणना सुरु

बाँके । बाँकेमा मतगणना सुरु भएको छ । तीन वटा निर्वाचन क्षेत्र रहेको बाँकेका तीन वटै क्षेत्रमा मतगणना सुरु भएको हो । बाँके जिल्लाका प्रमुख निर्वाचन अधिकृत धनसिंह महराका अनुसार तीन वटै क्षेत्रमा प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मतगणना सुरु भएको हो । उनका अनुसार सबै भन्दा पहिला क्षेत्र नम्बर ३ मा मगणना सुरु भएको थियो । त्यहाँ अहिलेसम्म १५ सय मत गनिसकेको उनले बताए । यस्तै दिउँसो १ बजेबाट बाँके १ र २ मा मतगणना सुरु भएको हो ।

निर्वाचन अधिकृत यामप्रसाद बाँस्कोटाका अनुसार बाँके १ को मतगणना सुरु भएको हो । मतगणना सुरु गर्नको लागि सर्व दलीय बैठक बसेर मगतणना सुरु गरिएको उनले बताए । यस क्षेत्रमा तीन पालिका रहेका छन् । एउटा मतदान केन्द्रको मतगणना सकिएपछि प्रारम्भिक मतगणना सार्वजनिक गरिने उनको भनाइ छ । यस क्षेत्रमा १ लाख २१ हजार १ सय मतदाता थिए । ती मध्ये ८१ हजार मत खसेको छ । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ को मतगणना शुरु भएको हो । यस्तै क्षेत्र नम्बर २ मा पनि मतगणना सुरु गरिएको छ ।

तीन निर्वाचन क्षेत्र रहेको बाँकेमा यस अघि बाँके क्षेत्र नम्बर ३ मा मतगणना सुरु भइसकेको छ । यस क्षेत्रमा नेकपा एमालेका किस्मत कुमार कक्षपतिले सुरुवाती अग्रता लिइरहेका छन् । सत्ता गठबन्धनका किशोरसिंह राठोरले उनलाई पछ्याइरहेका छन् । रवि लामिछानेको पार्टी तेस्रो नम्बरमा छ ।

प्रतिक्रिया