लमजुङ । आइतबार सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यको निर्वाचनमा लमजुङमा ५६ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख नारायण सापकोटाका अनुसार लमजुङमा एक लाख ३३ हजार पाँच सय ५९ मतदाता रहेकामा ७४ हजार ६५२ मत मात्रै खसेको छ। जिल्लामा ३९ हजार ९ सय २० महिला र ३४ हजार ७ सय ३२ पुरुषले मतदान गरेका छन् ।
लमजुङका १ सय ३० वटा मतदानस्थलको १ सय ८८ वटा मतदान केन्द्रबाट मतदान भएको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए । प्रतिनिधिसभातर्फ एक र प्रदेश सभातर्फ दुई निर्वाचन क्षेत्र रहेको छ ।
लमजुङ
प्रतिक्रिया