बाँकेमा शान्तिपूर्ण मतदान, ४५ प्रतिशत मत खस्यो

बाँके । बाँकेमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि मतदान शान्तिपूर्णरुपमा चलिरहेको छ । स्थानीय तहको निर्वाचनजस्तो बिहानैदेखि भिडभाड नदेखिए पनि उत्साहपूर्णरुपमा मतदान भइरहेको निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचन कार्यालयकी प्रमुख रमा पन्तले सबै मतदान केन्द्रमा बिहान ७ बजेबाटै मतदान सुरु भएको बताइन् । साँझ पाँच बजेसम्मै मतदान गर्ने समय भएकोले पनि मतदाताहरु बिहानै बाहिर ननिस्किएको हुन सक्ने अधिकारीहरु बताउँछन् ।

लाइनमा एकदमै कम मतदाताहरु लागिरहेका छन् । मतपत्र पनि चारवटा भएकोले मतदान गर्न सजिलो भएको मतदाताहरुको प्रतिक्रिया छ । सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रहरीले मतदानस्थल, निर्वाचन अधिकृतको कार्यालय, मतगणनास्थलको सुरक्षा गरिरहेको छ भने सशस्त्र प्रहरीले सडक तथा चोकहरुमा पहरा दिइरहेको छ ।

नेपाली सेनाको टोलीले गस्ती गरिरहेको छ । मुख्य निर्वाचन अधिकृत धनसिंह महराका अनुसार अहिलेसम्म बाँकेमा ४५ प्रतिशत मत खसेको छ । बाँकेमा तीन लाख ३२ हजार मतदाता छन् ।

प्रतिक्रिया