लमजुङ । लमजुङको सदरमुकाम बेँसीसहरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयसँगै बिहीबार मिडिया सेन्टर स्थापना गरिएको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका गतिविधिलाई सञ्चार माध्यमसम्म लैजानका लागि सजिलो होस् भन्ने उद्देश्यले कार्यालय परिसरमै मिडिया सेन्टरको स्थापना गरिएको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले जानकारी दिए ।
नेपाल पत्रकार महासंघको समन्वयमा उक्त मिडिया सेन्टरको व्यवस्था गरिएको हो । पत्रकारहरूलाई समाचार संकलन गर्ने र सञ्चार माध्यममा पठाउनका लागि वाइफाइको व्यवस्थासमेत गरिएको छ ।
मिडिया सेन्टरले चुनावी गतिविधि र खासगरी मतगणनाको समयमा तत्काल समाचार प्रसारण गर्न सहयोग पुग्ने भएकाले मिडिया सेन्टरको स्थापना गरिएको नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष परमेश्वर अधिकारीले बताए ।
लमजुङ
प्रतिक्रिया