चुनावी प्रचारप्रसार अब पाँच दिन मात्रै बाँकी

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको लागि राजनीतिक दल र उम्मेदवारले प्रचारप्रसार गर्न अब पाँच दिन मात्रै बाँकी रहेको छ ।

निर्वाचन आचारसंहिताको दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्थाअन्तर्गत यही कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म प्रचारप्रसारका लागि निर्धारण गरिएको छ ।

मंसिर १ गते रातिदेखि प्रचारप्रसार निषेधको शान्त (मौन) अवधि भएकाले उक्त अवधिमा प्रचारप्रसार स्थिर हुने कानूनी व्यवस्था रहेको छ । आयोगले आचारसंहिताको परिपालना भइरहेको र उल्लंघनका घटनामा कारवाहीको क्रम जारी रहेको जनाएको छ ।

प्रतिक्रिया