घरदैलो अभियानमा घनश्याम भूसाल

बुटवल । निर्वाचनको मिति नजिकिएसँगै रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भूसालले घरदैलो अभियानलाई तिव्रता दिएका छन् । एमालेबाट अलग भएर स्वचन्त्र उम्मेदवार बनेका नेता भुसालले रुपन्देही १ मा चुनावी प्रचार प्रसार तथा घरदैलो कार्यक्रमलाई तीव्रता दिएका हुन् । भुसालले चुनाव चिन्ह त्रिभुज पाएका छन् ।

रुपन्देही १ मा भुसाललाई बाम–लोकतान्त्रिक गठबन्धनको साथ रहेको छ । उनले संविधान, लोकतन्त्र र संघीय गणतन्त्रको रक्षा गर्नका लागि आफ्नो उम्मेदवारी रहेको दावी गरेका छन् ।

नेता भुसालले प्रतिबद्धतापत्रमार्फत देवदहलाई विश्व सम्पदा सूचीमा सुचीकृत गर्न पहल गर्ने, रुपन्देहीको दक्षिणी क्षेत्रमा शिक्षा, स्वास्थ्य लगायतका पूर्वाधार कम भएकाले समानुपातिक ढंगले विकास गर्ने उल्लेख बताएका छन् ।

यस्तै पालिकास्तरीय अस्पताल निर्माण गर्ने र प्रत्येक वडामा स्वास्थ्यचौकी बनाउने, अव्यवस्थित बसोबासी र भूमिहीनको समस्या सधैंका लागि अन्त्य गर्ने, औद्योगिक क्षेत्र र देवदह मण्डप बनाउने पनि भूसालले प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया