कैलालीको चौमाला बजारमा आगलागी हुँदा करोडौँको क्षति

धनगढी । कैलालीको चौमाला बजारमा आगलागी हुँदा करोडौँको क्षति भएको छ । शनिबार बेलुका गौरीगंगा नगरपालिका–१ चौमाला बजारस्थित हिमाल मोबाइल ग्यालरीमा विद्युत सर्ट भई आगलागी हुँदा उक्त मोबाइल ग्यालरीसँगै ६ वटा पसलमा क्षति भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट बिष्नुकुमार पाण्डेको लुम्बिनी होटलमा भाडा, लत्ताकपडा, होटलका सामानलगायत १ लाख पचास हजार, जयसिंह भण्डारीको किराना पसलको सामान, दुई वटा फ्रिजलगायत १५ लाख र पारस सापकोटाको मोबाईल ग्यालरीको ईलेक्ट्रोनिक सामानलगायत १० लाखसम्मको क्षति भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवत्ता डिएसपी बेदप्रकाश जोशीले जानकारी दिए ।

यस्तै हिमाल पुनमगरको मोबाईल ग्यालरीको ईलेक्ट्रोनिक सामानलगायत १२ लाख, छविलाल खनालको हार्डवेयर पसलमा ४५ लाख र टंकप्रसाद आचार्यको सुज सेन्टरमा जुत्ता, चप्पललगायत ३० लाखसम्मको क्षति भएको प्रहरीले जनाएको छ ।

गोदावरी र घोडाघोडी नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी,म्यादी प्रहरी तथा स्थानीयको सहयोगमा झण्डै १ घण्टापछि आगलागी नियन्त्रणमा लिइएको जनाइएको छ ।

प्रतिक्रिया