पर्सा । पर्सा ४ मा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारको पक्षमा चलाइएको अभियान अन्तर्गत शुक्रबार संयुक्त युवा विधार्थी भेला सम्पन्न भएको छ । पर्साको धोबिनी गाँउपालिका वडा नम्बर ४ धोबिनीमा शुुक्रबार कांग्रेसको क्षेत्रीय कार्य समितिले लोकतान्त्रिक बाम गठबन्धनको सयुक्त युवा विद्यार्थी भेला आयोजना गरेको हो ।
भेलामा सहभागी पाँच दलीय गठबन्धनका युवा विधार्थी नेताहरुले पर्सा ४ मा लोकतान्त्रिक–बाम गठबन्धनका उम्मेदवारलाई जिताउन युवा विद्यार्थीहरु एकजुट भएर लागेको बताए ।
उनीहरुले प्रतिनिधीसभा सदस्यका उम्मेदवार रमेश रिजाल, प्रदेश सभा सदस्यका उम्मेदवारद्वय शंकर चौधरी र शेख चाँदताराको पक्षमा घरघरमा पुगेर मत माग्ने प्रतिबद्धता पनि जनाए ।
कांग्रेसका क्षेत्रीय सभापति श्रीकान्त प्रसाद यादवको अध्यक्षतामा भएको भेलामा प्रतिनिधिसभा सदस्यका उम्मेदवार रमेश रिजाल, प्रदेश सदस्यका उम्मेदवार शेख चाँदतारा र शंकर चौधरीको विशेष उपस्थिति रहेको थियो । त्यस्तै, कार्यक्रममा बृहस्पतिकृष्ण श्रेष्ठ, बशिष्ठ नारायण कुर्मी , सलाउदीन अगमद, रामबबु बैठा, सलाउदिन अहमद, श्रीकान्त यादव, बलिष्टर अहमद, राकेश यादव, धर्मेन्द्र पटेल
रमेश पान्डे, सन्तोष पटेल, नवीन सिंह, किशोरी साह कानु लगायतका नेताहरुको सहभागीता रहेको थियो ।
पर्सा
प्रतिक्रिया