चुनावका लागि निर्वाचन आयोगको ‘टिक टक प्रतियोगिता’

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि टिक टक प्रतियोगिता आयोजना गरेको छ। आयोगले आईतबार एक विज्ञप्ति प्रकाशित गरी यस्तो आयोजना घोषणा गरेको हो। आयोगले प्राप्त टिक टक मध्ये उत्कृष्ट ५ लाई जनाही ५० हजार उपलब्ध गराउने आयोगले जनाएको छ । २०७९ साल मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन प्रयोजनको लागि निर्वाचन प्रचार प्रसार, निर्वाचन आचारसंहिता तथा निर्वाचन शिक्षा जस्ता विषयमा आधारित रही १ मिनेटसम्मको टिकटक भिडियो बनाई यही कात्तिक ५ गतेदेखि कात्तिक १५ आयोगमा पठाउन आग्रह गरेको छ।

भिडियो प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ लक्षित हुनुपर्नेछ, संवादमूलक, सन्देशमूलक हुनु पन ।आफ्नै मौलिक अडियो र अभिनय भएको भिडियोलाई प्राथमिकता दिइने पनि आयोगले उल्लेख गरेको छ। ।

भिडियो प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा मतदाता जागरण ाहुने खालका विषयवस्तुहरूमा आधारित हुनुपर्ने, निर्वाचनको सामान्य जानकारी, निर्वाचनको आवश्यकता र महत्व, मतपत्रमा छाप लगाउने सही तरिका, निर्वाचन आचारसंहिताको पालना, मतदाताको अधिकार र कर्तव्य, मतदाताले कस्तो उम्मेदवार छनोट गर्नुपर्छ भन्ने जानकारी लगायत निर्वाचन सम्बन्धी विषयमा आधारित भएर छुट्टाछुट्टै भिडियो बनाउन सकिने आयोगले जनाएको छ।

प्रतिक्रिया