आयोगविरुद्ध गुरुङको रिट खतिवडा र रेग्मीको संयुक्त इजलासमा


काठमाडौं । रुपन्देही २ का उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेजविरुद्धको रिट सर्वोच्च अदालतका न्यायधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजालासमा सुनुवाई हुने हुने भएको छ । सो रिट इजलासको सूचीको पहिलो नम्बरमा परेकोले यसको सुनुवाई आज हुने संभावना बढेर गएको छ । बैंकिङ कसुरको कालोसूचीमा नाम देखिएको भन्दै निर्वाचन अधिकृतको कार्यालयले सत्ता गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार गुरुङको मनोनयन खारेज गरेको थियो । अदालतमा विचाराधीन मुद्दालाई आधार बनाएर प्रक्रिया नै पूरा नगरी उम्मेदवारी खारेज गरिएको भन्दै गुरुले अदालतमा उजुरी दिएका थिए ।

गुरुङको रिटमा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले निर्वाचन आयोगको सो निर्णयमा रोक लगाउदै गुरु«को उम्मेदवारी कायम राख्न अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतले उक्त क्षेत्रको निर्वाचन कार्यालयलाई गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्न आइतबार आदेश गरेको थियो ।

सोही आदेशअनुसार उनको उम्मेदवारी खारेजको निर्णय यथास्थितिमा राखिएको भन्दै निर्वाचन अधिकृत उदविर नेपालीले सोमबार सूचना जारी गरेका छन् । गुरुङले दिएको रिटमा आइतबार न्यायाधीश विश्वम्भर श्रेष्ठको इजलासले कात्तिक २ गते दुवै पक्षको छलफल डाकेको थियो । तर सो दिन हेर्न न्भ्याइनेमा परेपछि शुक्रबारका लागि खतिवडा र रेग्मीको संयुक्त इजलासमा तोकिएको छ ।

इजलासले यो मुद्दालाई अग्राधिकारसमेत दिएको छ । विपक्षीहरूलाई निर्णयसहितका फाइल लिएर आउन पनि अदालतले भनेको छ । दुवै पक्षको बहस सुनेपछि मात्र यो आदेश निरन्तर हुने वा नहुने अर्को आदेश गर्ने छ । शुक्रबार यो बिषयमा कुनै अर्को आदेश नभएमा यसको सुनुवाई तिहारपछि पुग्ने संभावना बढेको छ ।

प्रतिक्रिया