लमजुङमा ८७ थान लागुऔषदसहित २ युवक पक्राउ

लमजुङ । जिल्ला प्रहरी लमजुङले लागुऔषदसहित दूई यूवकलाई पक्राउ गरेको छ । लमजुङको बेसिशहर नगरपालिका ८ शेरास्थित पृथ्वी बसकाउन्ट नजिक शंकास्पद रुपमा बसिरहेको अबस्थामा लमजुङ प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा लमजुङ जिल्ला बेसिशहर नगरपालिका वडा नम्बर ८ मा बस्ने बर्ष २२ को दिपेन गुरुङ र सोही स्थानमा बस्ने बर्ष ३० को तेज गुरुङ रहेका छन् । चेकजाँच गर्दा उनीहरुको साथमा रहेको झोलाबाट डाइजेपाम ऐम्पुल २९ थान, फेनेगाम ऐम्पुल २९ थान र नोपिन ऐम्पुल २९ साथै कालो रंगको व्याल्क बेरी मोबाईल एक थान र कालो रंगको एक थान नोकिया मोबाईलसमेत फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला अदालत लमजुङबाट म्याद थप अनुमति लिई थप अनुसान्धन कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

प्रतिक्रिया