कावासोतीमा समाचार वाचन प्रतियोगिता सम्पन्न

कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा समाचार वाचन प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ । प्रतियोगिता कावासोती नगरपालिका शिक्षा शाखाको आयोजनामा तथा लर्डबुद्ध एकेडेमी कावासोती ५ को संयोजनमा सम्पन्न भएको हो ।

माध्यमिक र आधारभूत तह गरि छुट्टाछुट्टै रुपमा सन्चालन गरिएको प्रतियोगितामा माध्यमिक तर्फ जनता माध्यमिक विद्यालय कावासोती ६ विष्णुनगरकी छात्रा सवनम सुनार प्रथम, ज्ञानोदय माध्यमिक विद्यालय कावासोती ८ का छात्रा सुमी खड्का द्वितीय, जनता माध्यमिक विद्यालय कावासोती १० मगरकोटका छात्रा विनिशा चापागाईं तृतीय र नवलपुर एकेडेमी डण्डाका छात्र साजन पोख्रेलले सान्त्वना स्थान हासिल गरेका छन् ।

त्यसैगरी आधारभूत तह तर्फ जनता माध्यमिक विद्यालय त्रिभुवनटारका छात्र सुदीप पोख्रेल प्रथम, नवलपुर एकेडेमी डण्डाका छात्रा एन्जिलिना गिरी द्वितीय, शिव नमुना माध्यमिक विद्यालय कावासोती २ का छात्रा इच्छा शर्मा र सिद्धार्थ आवासीय मा वि कावासोती ३ का छात्रा सुमिना गुरुङ तृतीय र लर्डबुद्ध एकेडेमी कावासोती ५ का छात्रा किन्जल थापाले सान्त्वना स्थान हासिल गरेका छन् ।

कावासोती नगरपालिका अन्तरगत रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका वीचमा प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा सामुदायिक र संस्थागत विद्यालयका ३२ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

प्रतियोगिता लर्डबुद्द एकेडेमीका विद्यालय व्यवस्थापन समितिका सदस्य राजकुमार थापाको अध्यक्षता तथा कावासोती नगरपालिकाका प्रवक्ता एवं वडा नं- ३ का वडाध्यक्ष डोरमान गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
Prem

प्रेम न्याैपाने

नवलपुर (पूर्वी नवलपरासी)

प्रतिक्रिया