‘मैले यति मात्रै भन्न सक्छु, देशभक्त उम्मेदवारलाई विजयी गराउनुस्’

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले देशभक्त उम्मेदवारहरूलाई विजयी बनाउन लाग्न नेता कार्यकर्ताहरूलाई आह्वान गरेका छन् ।

आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेता रावलले ५० वर्ष आफूले खुन पसिना बगाएको एमाले पार्टीलाई फेरि पनि आन्तरिक संघर्ष गरेर ठीक ठाउँमा ल्याउन सक्ने अपेक्षा आफूले नत्यागेको बताए ।

उनले आफूले एमालेको टिकटधारी सबै उम्मेदवारलाई विजयी गराउन आह्वान गर्न नसक्ने बताए । एमालेबाट सबै देशभक्तले टिकट नपाएको उनको जिकिर छ ।

‘एमालेमा त होली वाइनवालाले पनि टिकट पाएका छन् । संविधान दिवसमा कालो दिवस मनाउनेले पनि पाएका छन् । जसकाविरुद्ध एमाले कार्यकर्ताले रगत बगाउनुपर्यो उनीहरूलाई मैले कसरी विजयी गराउन आह्वान गर्नसक्छु’, रावलले भने, ‘मैले यति मात्रै भन्न सक्छु देशभक्त उम्मेदवारलाई विजयी गराउनुस् ।’

प्रतिक्रिया