पूर्वजनमुक्ती सेनाका प्लाटुन कमान्डरको आशलाग्दो कमाइ

बझाङ । जिल्लाको छविसपाथिभरा गाँउपालिका–६ का रविन बिसीको बिहानदेखि बेलुकासम्मकोे प्रायःजसो समय व्यापार व्यवसाय र राजनीतिक गफगाफमै बित्ने गरेको छ ।

उमेरले करिव ३३ वर्ष लागेका बिसीले सदमुकाम चैनपुरमा व्यापार व्यवसाय सुरु गएको करिब ११ वर्ष जति भयो ११ वर्षको अवधिमा व्यापार व्यवसायबाट आफ्नो छोराछोरीको पढाइ खर्च सदरमुकाम चैनपुरमा तीनतले घरगाउँमा कमाइ खाने जग्गा र व्यापारमा लाखौँ लगानी गरेका छन् ।

उनी भन्छन्, ‘व्यापार भनेको आयआर्जन परिवार पाल्ने बाटो हो भने राजनीति भनेको जनताको सेवा हो । आजकल राजनीति कमाइ खाने भाडो भएको छ यो ठीक होइन ।’

बिसी राजनीतिमा पनि उत्तिकै रूपमा सक्रिय छन्, उनी नेकपा माओवादीको सामान्य कार्यकर्ता हुँदै जनमुक्ती सेना, जनमुक्ती सेनाको पलाटुन कमान्डर, योङ् कम्युनिस्ट लिग वाइसिल जिल्ला अध्यक्ष, वाइसिल जिल्ला संयोजकको भूमिकामा बसिसकेका छन् ।

बिसीले तत्कालीन नेकपा माओवादीले ०५२ सालमा सुरु गरेको जनयुद्धमा उनका सहोदर दाइ भूमिगत भयपछि त्यतिबेलाको नेपाली सेनाले दुःख दिन थालेपछि उनका सबै घरपरिवारका सदस्यहरू भूमिगत भएपछि उनको राजनीतिक यात्रा सुरु भएको बताउँछन् ।

बिसी भन्छन् हुन त हाम्रो परिवार पञ्चायतकालदेखि नै राजनीति गर्दै आएका परिवार हो, मेरा जेठा बुबालाई गाउँका मानिसहरूले अहिले पनि सेत्या प्रधान भनेर चिन्छन् । पहिलादेखि नै राजनीति गरेर आएको परिवार घरका सबै सदस्यहरू राजनीतिमा सक्रिय हुनु नौलो कुरा होइन । मैले कक्षा ७ मा अध्ययन गर्दागर्दै म पनि जनयुद्धमा होमिएँ । सुरुसुरुमा पार्टीको सामान्य कार्यकर्ताको काम गरेपछि पार्टीबाट मेरो मूल्यांकनको आधारमा जनमुक्ति सेनाको भर्ना भएँ । फौजी तालिम दिलाइयो । तालिमको अवधिमा आधुनिक हातहतियार चलाउन सिकाइयो । ब्याटल क्रराबट र फलडक्रराबडलगायतका विश्वका प्रायः सबै सैनिकले गर्ने तालिम लिइयो । कति दिन पानी नखाएर उतिबेलाको नेपाली सेनासँग लडाइँ लडियो । शरिरका अंगहरूमा बमका छर्रा लागेर घाइते पनि परियो दिनरात नभनी सेन्टी गरेर कमान्डर र नेतृत्वलाई सुरक्षा पनि दिइयो ।

भूमिगतको समयमा मलाई आफ्नो दुःखभन्दा पनि देशको राज्य व्यवस्था कसरी परिवर्तन गर्ने र नेपालमा गणतन्त्र स्थापना गरी नयाँ संविधान कसरी ल्याउने भन्ने चिन्ता हुन्थ्यो र समाजमा भएका कुरीति कुसंस्कारको अन्त्य गरेर सुन्दर समाज कसरी निमार्ण गर्न सकिन्छ बहस हुन्थो ।

उनी भन्छन्, ‘पार्टीमा क्रान्तिको नियमभित्र बसेर अगाडि बढियो र कमान्ड र नेतृत्वको सुरक्षा विभाग हुँदै जनमुक्ति सेनाको सैनिक फर्मेसनको सेक्सन कमान्डर हुँदै प्लाटुन कमान्डरको जिम्मेवारी सम्हालेर पार्टीभित्रै जनवादी विवाह विवाह गरियो । सरकार पक्ष र माओवादी पक्षबीच शान्ति सम्झौता भएपछि दुवै बुढाबुढीले सेना समायोजन हुँदा स्वैच्छिक अवकाश लिएर ०६८ सालमा आफ्नो गृह जिल्ला फर्केर पुनः व्यापार व्यवसायमा लागेको छु कतिपय जनमुक्ति सेनाका साथीहरू सरकारले केही गरेन हामीलाई हेरेन भनेर भन्छन् मिहिनेत गरे कसैको पनि भर पर्नुपर्ने अवस्था हुँदैन ।’

प्रतिक्रिया