कैलालीमा प्रतिनिधिसभा र प्रदेशमा गरि १४२ जनाको उम्मेदवारी दर्ता

धनगढी । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि कैलालीमा प्रतिनिधि सभा र प्रदेशसभामा गरि १४२ जनाको उम्मेदवारी दर्ता भएको छ ।

५ वटा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रमा राजनीतिक दल र स्वतन्त्रबाट गरी ४८ जना र १० वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा ९४ जनाको उम्मेदवारी दर्ता भएको जिल्ला निर्वाचन कार्यालय कैलालीले जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालय कैलालीका अनुसार क्षेत्र नं. १ मा प्रतिनिधिसभाका लागि १०, प्रदेशसभा (क) मा ९ र (ख) मा ११ जना, क्षेत्र नं. २ मा प्रतिनिधिसभाका लागि ९, प्रदेशसभा (क) मा ९, (ख) मा ११ जना, क्षेत्र नं. ३ मा प्रतिनिधिसभाका लागि ८, प्रदेशसभा (क) मा ८, (ख) १३ जनाको उम्मेदवारी दर्ता भएको छ ।

त्यसैगरी निर्वाचन क्षेत्र नं. ४ मा प्रतिनिधिसभाका लागि १०, प्रदेशसभा (क) मा १३, (ख) मा ६ जनाको र क्षेत्र नं. ५ मा प्रतिनिधिसभातर्फ ११, प्रदेशसभा (क) मा ६ जना र (ख) मा ८ जनाको मनोनयन दर्ता भएको जनाइएको छ ।

प्रतिक्रिया