बझाङ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि बझाङ जिल्लाबाट ८ जनाको स्वतन्त्र उम्मेदवारी परेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार प्रतिनिधिसभाका लागि ४ जना प्रदेशसभा क का लागी ३ जना र ख का लागि १ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । जिल्लाको एक मात्र प्रतिनिधिसभा सदस्य निर्वाचन सिटमा ४ जनाको स्वतन्त्र उम्मेदारी परेको छ । जसमा नेपाली काङ्ग्रेस बझाङका पूर्व पार्टी सभापति हर्कजँङबहादुर सिंह, नेकपा माओवादी केन्द्रका नेता लोकेन्द्र सिंह धामी ‘निर्मल’, डम्वर खड्का र रामचन्द्र रानाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
प्रदेश सभा क ३ जनाको स्वतन्त्र उम्मेदारी परेको छ । जसमा नेकपा माओवादी केन्द्रका नेता जयभक्त जोशी (जगत प्रशाद जोशी) र झरेन्द्र खड्काले स्वतन्त्र उम्मेदारी दर्ता गराएका छन् । भने प्रदेश सभा ख मा गणेश भण्डारीले स्वतन्त्र उम्मेदारी दर्ता गराएका छन् ।
त्यस्तै यता प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि गठबन्धनका तर्फबाट नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका नेता पूर्ववनमन्त्री भानुभक्त जोशी र नेकपा एमालेका निवर्तमान अनेरास्ववियूका केन्द्रीय अध्यक्ष नेकपा एमालेका बझाङ जिल्ला सह-इञ्चार्ज तथा ऐन महरले उम्मेदवारी दर्ता गराएका छन् । राप्रपाबाट बिस्वप्रकाश जेठारा, रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रेमराज जोशीले उम्मेदवारी दिएका छन् ।
प्रदेश सभा क मा नेकपा एमालेका तर्फबाट संविधानसभा सदस्य समेत रहेका अफिलाल ओखेडा गठबन्धनको तर्फबाट नेपाली कांग्रेस बझाङका पूर्व पार्टी सभापति पृथ्वीबहादुर सिंहले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै राप्रपा नेपालका कर्णबहादुर खड्का र राप्रपाका हरीलाल भटराईले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रदेश सभा ख मा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका नेता भिम भण्डारी एमालेबाट संविधानसभा सदस्य लालबहादुर रावल राप्रपाका विरेन्द्र मल्ल नेपाली काङ्ग्रेस विपी का निर्मला विक गरी जम्मा २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
बझाङ
प्रतिक्रिया