
लमजुङ । लमजुङको ऐतिहासिक पर्यटकीय स्थल मेमेपोखरी घुम्न गएका एक दम्पतीको मृत्यु भएको छ । दसैको अबसर पारि गुम्न गएका दम्पतीको ४८०० मिटर अग्लो ठाँउमा पुगेपछि मृत्यु भएको हो ।
सँगै गएका ५ जनामध्ये ३ जना भेडीगोठमा बसिरहेका छन् । मौसम खराबीका कारण उनीहरूको उद्धार हुन सकेको छैन । श्रीमान सर्लाही लालबन्दीका २६ वर्षीय बुद्ध तामाङ अर्थात् दयासागर योन्जन र उनीसँगै यात्रा गरिरहेकी श्रीमती लमजुङको बेंसीसहर नगरपालिका १०, साँधुकी २४ वर्षीया शर्मिला तामाङ सम्पर्कविहीन भए संगै मृत्यु अबस्थामा भेटिएको जिल्ला प्रहरी लमजुङले जनाएको छ
प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु विकका अनुसार मेमे पोखरी घुम्न गएका ५ जनामध्ये श्रीमान्को मृत्यु भएको र श्रीमती बेखबर बनेको केही समय पछी मृत्त अबस्थामा भेटिएको हो ।

लमजुङ
प्रतिक्रिया