एमाले मकवानपुरले टुंगो लगायो उम्मेदवार, क्षेत्र नम्बर १ मा महेश बर्तौला

मकवानपुर । मंसिर ४ गते हुने चुनाबमा मकवानपुरको प्रतिनिधिसभा दुइ वटै निर्वाचन क्षेत्र र प्रदेशसभाको चार वटै निर्वाचन क्षेत्रमा उम्मेद्बार टुङ्गो लगाएको छ । आज एमाले केन्द्रीय सचिवालय बैठकले एमालेका उम्मेदवारहरुको टुङ्गो लगाएको हो । प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा रामेश्वर रानालाई टिकट दिएको छ ।

यस्तै प्रदेशसभातर्फ १ मा कमल विष्ट, १ ‘ख’ मा एकालाल श्रेष्ठले टिकट पाएको एमाले मकवानपुरका सचिव नवीन सिग्देलले जानकारी दिए । त्यसै गरी प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा बागमती प्रदेशका उपसचिब तथा प्रचार विभागका प्रमुख महेश बर्तौलाले टिकट पाउँदा प्रदेशसभातर्फ ‘क’ मा विष्णु ढकाल र ‘ख’ मा लालबहादुर थापाले टिकट पाएका छन् ।

रूपक कालिराज

मकवानपुर

प्रतिक्रिया