गठबन्धनबीच आजपनि छलफल, निर्णय कुर्दै एमाले

काठमाडौं। झण्डै दुई महिनादेखि जारी सत्ता गठबन्धनको बैठक सोमबार पनि बस्ने भएको छ। गठबन्धन भित्रका दल सबैलाई आवश्यक भएकोले यो लामो समयदेखि जारी छ। तालमेलका लागि धेरै कुरा मिलिसकेको बताइएपनि अहिले सम्म त्यसको औपचारिक खाका आउन सकेको छैन।

सिट बाँडफाँटको टुङ्गो लगाउन आइतबार पनि पाँच दलीय गठबन्धनको बैठक बसेको थियो। तर सहमति हुन सकेको छैन। संभावत यस बिषमा आज टुंगो लाग्न सक्ने बताइएको छ। तर आजका लागि बैठकको समय भने निर्धारण भइसकेको छैन।

आईतबारको बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरूले सिट बाँडफाँटकै विषयमा छलफल गरेका थिए। । दशै बिदा सकिए लगतै कात्तिक २३ गते प्रत्यक्ष तर्फका उम्मेदवारका मनोनयनको मिति तय भएकोले दलहरुको दशै ‘ चुनावी छलफल र चर्चाको गफमा’ बित्ने भएको छ।

यस अघि गठबन्धनमा रहेको जनता समाजवादी पार्टी (जसपा)ले अन्य राजनीतिक दलहरूसँग पनि चुनावी तालमेल खुला गर्ने निर्णय यसअघि नै गरिसकेको छ। जसपाले सिट बाँडफाँटमा असन्तुष्टि जनाउदै अन्य दलहरु संग छलफल अगाडि बढाउन थालेपछि पांचदलीय गठबन्धन भित्रका दलहरु थप दबाबमा परेका छन् ।

भागबन्डामा सहमति नजुट्दा नेकपा एमालेको टिकट वितरणमा ढिलाइ भएको छ ।

प्रमुख प्रतिपक्ष एमाले भने आगामी चुनावका लागि गठबन्धनको रणनीति हेर्दै सो अनुसार अगाडि बढेने कोसिस गरिरहेको छ।

गएको बिहीबार बसेको एमाले सचिवालय बैठकमै उम्मेदवारबारे मोटामोटी सहमति भए पनि एमालेले टिकट वितरणबारे अन्तिम निर्णय गरेको छैन ।

भागबन्डा गर्दा टिकट नपाउने सत्तारुढ गठबन्धनका असन्तुष्ट नेता तान्ने रणनीति लिएकाले एमालेमा टिकट वितरणमा ढिलाइ भएको नेताहरु बताउँछन् ।

५६ प्रतिनिधिसभा सदस्यका लागि एकल सिफारिस भएको र बाँकी ठाउँको निर्णय गर्ने अधिकार अध्यक्ष केपी ओलीलाई दिएको छ। यसकारणपनि एमालेमा तुरुन्तै उम्मेदवार परिवर्तन गर्न सजिलो भएको छ।

प्रतिक्रिया