हेटौंडाकाे चुरियामाईमा बस दुर्घटना : २ जनाको मृत्यु, ३७ घाइते

मकवानपुर । हेटौंडाको चुरियामाईमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । पुर्व–पश्चिम सडक खण्डमा अन्तर्गत पर्ने हेटौडा उपमहानगरपालिका वडा नम्बर–१५ चुरियामाईमा बस अनियन्त्रित भई पल्टिदा २ जनाको मृत्यु भएको हो भने अन्य ३७ जना घाइते भएका छन् ।

काठमाडौंबाट​ यात्रु बोकेर दमकतर्फ जाँदै गरेको ना.७ ख २०३२ नम्बरको बस गएराति साँढे १२ बजेको समयमा आफै अनियन्त्रित भई नालीमा खसेको थियो । मृत्यु हुनेमा मोरङ बेलबारी–८ बस्ने बर्ष ५१ की कल्पना राजवंशी र झापा दमक–५ मोडेल क्याम्पस नजिक बस्ने बर्ष ६० को दिल्ली बहादुर दर्जी रहेका छन् ।

उनीहरुको उपचारका क्रममा चुरेहिल अस्पताल र हेटौडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रतिक्रिया