माओवादीले बुझायाे समानुपातिक बन्दसूचीकाे नामावली

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फका उम्मेदवारको अन्तिम नामावली निर्वाचन आयोगमा बुझाएको छ । माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङका अनुसार सुरुको बन्दसूचीमा रहेका प्राविधिक त्रुटि सच्याएर अन्तिम नामावली बुझाएको हो ।

समानुपातिकतर्फको अन्तिम नामावली बुझाउने अन्तिम दिन आइतबार सबै राजनीतिक दलहरूले आ-आफ्नो समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगलाई बुझाइरहेका छन् ।

प्रतिक्रिया