बझाङ । बझाङको मस्टा गाँउपालिका १ मा रहेका अनाथ, असहाय,र आमाबुवा, गुमाएका बालबालिकालाई दशैँ खर्च वितरण गरिएको छ । बिहिबार वडा कार्यालयमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेर वडा भित्रका १२ जना बालबालिकालाई नगद २५ सय रुपैयाँका दरले दशैँ खर्च वितरण गरिएको वडा अध्यक्ष रामचन्द्र रोकायाले बताए ।
रोकायाले भने, ‘हामीले वडा भित्र रहेका आमा बुवां गुमाएका असहाय अनाथ बालबालिकाको तथ्याङ्क सँङ्कलन गरि बर्षको एकपटक आउने चाडपर्वलाई सबैले खुसियाली सँग मनाउन पाउन भन्ने उदेश्यले उक्त रकम बितरण गरेका हौं ।’
स्थानीय सरकारले त्यस्ता बालबालिकालाई अभिभावकको भुमिका निर्बाह गर्नुपर्नुपर्ने भएकाले सानो प्रयास गरेको उनले बताए । शुभकामना आदान प्रदान कार्यक्रममा मष्टा गाँउपालिका १ भित्रका समाजसेवी, बुद्धिजिबी लगाएत वडा बासीको बाक्लो उपस्थिति रहेको थियो ।
बझाङ
प्रतिक्रिया