लमजुङमा ७५ जनामा डेंगुको संक्रमण

लमजुङ । देशभर डेंगु संक्रमण बढेसँगै पछिल्लो समय लमजुङमा डेंगुको संक्रमण फैलिएको छ । स्वास्थ्य कार्यालय लमजुङका अनुसार गत साउन महिनादेखि असोज मंगलबारसम्म ८ सय १६ जनाको परीक्षण गर्दा जिल्लामा ७५ जनामा डेंगुको संक्रमण पुष्टि भएको छ । संक्रमण फैलिए तापनि यसको कारणबाट मानवीय क्षति नभएको जिल्ला स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ ।

जिल्ला अस्पताल लमजुङका प्रमुख डाक्टर हेमन्त श्रेष्ठका अनुसार डेंगु लाग्नुको मुख्य कारण जमेको फोहोर पानी र लामखुट्टेको टोकाइबाट सर्ने भएकाले डेंगुको रोकथामका लागि सरकारले देशभर नै लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान थालेको बताए । उनका अनुसार लमजुङमा पनि यो अभियान सुरु गरिएको छ । उनका अनुसार यो अभियान तीन महिनासम्मै सञ्चालन हुनेछ ।

प्रतिक्रिया