संरक्षण नहुँदा तपोवनमा बनेका संरचना जीर्ण

बझाङ । जिल्लाको तलकोट गाउँपालिका र मष्टा गाउँपालिकाको बिचमा पर्नेे धार्मिक ऐतिहासिक तथा पर्यटकीयस्थल तपोवनमा निर्माण भएका भौतिक संरचनाहरूको संरक्षण नहँुदा जस्र्ण अवस्थामा पुगेका छन् । सुदूरपश्चिम प्रदेश सरकार वन तथा वातावरण मन्त्रालयमार्फत पर्यटन पवद्र्धन गर्न उक्त क्षेत्रमा आर्थिक वर्ष ०७७÷७८ मा धार्मिक क्षेत्रको भौतिक संरचना निर्माणका लागि ६० लाख रकम विनियोजन गरेको थियो ।

डिभिजन बन कार्यालय बझाङ र तपोवन संरक्षण समितिका लागि टेन्डर आह्वान गरी जयलक्ष्मी निर्माण सेवालाई ठेक्का सम्झौता गरेको थियो । उक्त निर्माण कम्पनीले घटीघटाउमा ३० लाख लागतमा निर्माण गरी संरचना हस्तान्तरण गरिएको भए तापनि स्थानीयहरू र स्थाीनय सरकारले चासो नदिँदा, प्रयोगमा ल्याउन नपाउँदै भौतिक संरचनाहरु जीर्ण बनेका हुन् ।

बलौटे जमिन भएकाले जति बलिया संरचना बनाए पनि सेती नदीका किनारमा आरसिसी, ग्याबिन नबनाएसम्म बनेका ती भौतिक संरचना दिगो नहुने निर्माण कम्पनीका सञ्चालक चक्र बोहराले बताए । बोहराले तातोपानीको कुण्ड हामी सबैको आस्थाको केन्द्र भए तापनि निर्माण कम्पनीको तर्फबाट संरचना हस्तान्तरण गरिसकेको र स्थानीय निकाय पनि संरक्षणमा पहल गर्नुपर्ने बताए ।

त्यस्तै उता डिभिजन वन कार्यालय बझाङका प्रमुख कर्णबहादुर खातीले वन क्षेत्राधिकारभित्र परेको तपोवन तातोपानीका लागि प्रदेश सरकारबाट रकम प्राप्त भएता पनि उक्त लगानी बालुवामा पानी हाले जस्तै भयो बिकास निर्माणमा आएको रकम दुरुपयोग भएको र संरक्षणका लागि स्थानीय सरकार त्यहाँका स्थानीयबीच सहकार्य हुनुपर्ने बताए ।

अघिल्लो वर्ष मात्र सेतीनदीबाट लिफ्टिङ प्रणलीमार्फत तातोपानीलाई तानेर बगरभन्दा माथि बनाएका स्नान गृह, स्विमिङ पुल, मन्दिर सोलार प्यानल, सोलारका ब्याट्री तथा शौचालय प्रयोगविहीन भएका छन् । सेतीनदीको चिसोपानीकै किनारमा तातोपानी भएकाले सदरमुकाम चैनपुर तलकोट गाँउपालिका, मस्टा गाउँपालिकाका स्थानीयहरू तातोपानीको कुण्डमा स्नान गर्न आउने गर्दछन् । ‘अलौकिक शक्ति रहेको तपोभूमिको संरक्षण र प्रचारप्रसारमा स्थानीय सरकार उदासीन नहुनु माल पाएर चाल नपाएजस्तै भएको छ’, त्यहाँका एक स्थानीयले भने ।

त्यस्तै तलकोट गाउँपालिकाले तपोवन क्षेत्रमा रहेका तातोपानीका कुण्ड बचाउ गर्नका लागि आर्थिक .वर्ष ०७७÷७८ मा २० लाख रकम खर्च गरिएको थियोे । धार्मिक तथा पर्यटकीय गन्तव्य तपोवनमा स्नान गर्नका लागि सुदूरपश्चिमकै प्रसिद्ध मानिए पनि पूर्वाधारको निर्माण गर्न कुनै गुरुयोजना नभई हचुवाका भरमा बनाएका मन्दिर परिसरका संरचनाहरूको सरोकारवालाले कुनै चासो नदिँदा अलपत्र अवस्थामा छन् ।

प्रतिक्रिया