किन तुजुक देखाउँन्, शासकहरू ?

निनाम लोवात्ती

आफ्नो बुद्धि र विवेकले देखेअनुसार चल्ने र आफ्नाे ब्रह्मले देखेको कुरो बोल्ने, लेख्ने नेता तथा कार्यकर्ताभन्दा पनि अह्रौटे, भरौटे, हनुमाने, लगाम लगाएको घोडासरह चढ्नेले जता झड्कारो त्यतै दौडने, चन्दादाता, आश्रयदाता, अन्नदाता, ठेकेदार, अनि मुठ्ठीभर प्रवृत्तिका मान्छेहरूको विभिन्न राजनीतिक दलमा हालीमुहाली भएकैले र, विभिन्न राजनीतिक दलमा यस्तै मान्छेहरूको भिड बढ्दै गएकोले गर्दा नै सरकारमा रहेका मान्छेहरू अनि राज्य पक्षका अनुदारवादी रुझान राख्ने मान्छेहरूले नेपालका आदिवासी जनजाति, महिला, उत्पीडित वर्ग/समूह, दलित, मधेसी, मुस्लिम, धार्मिक अल्पसंख्यक, तेस्रो लिंगी आदिका विरुद्ध जताभावी गर्ने गरेका छन

आगामी मंसिर ४ गते नेपालमा संसदीय र प्रान्तीय (संघ र प्रदेशसभा) को निर्वाचन हुँदैछ । तर, सो निर्वाचनमा प्रत्यक्ष त के समानुपातिक (बन्द सूचीमा) मा समेत ससाना राजनीतिक दलदेखि लिएर ठूल–ठूला राजनीतक दलभित्रका प्रभावशाली नेताहरूले आप्mना नातागोता, अह्रौटे, भरौटे, हनुमाने, झोलेपोके, लगाम लगाएको घोडासरह चढ्नेले जता झड्कारो त्यतै दौडनेहरू, चन्दादाता, आश्रयदाता, अन्नदाता, ठेकेदार, अनि मुठ्ठीभर प्रविद्घिका मान्छेहरूको मात्रै नाम सूची बनाएर निर्वाचन आयोगमा पठाएका छन्, पेस गरेका छन् । यसरी हेर्दा पैसो नहुने, इमानदार र लामो समयदेखि विभिन्न राजनीतिक दलमा खटिएका नेता तथा कार्यकर्ताहरूले संघ र प्रदेशसभाको निर्वाचनमा प्रत्यक्ष र समानुपातिकको नाम सूचीमा उनीहरूको नाम सिफारिस नहुने स्थिति पैदा हुँदै गएको छ, टिकट पाउने वा समानुपातिकको बन्द सूचीमा नाम परेर निर्वाचित हुने त धेरै टाढाको कुरो हुन थालेको छ ।


हुन पनि आफ्नो बुद्घि र विवेकले देखेअनुसार चल्ने र आप्mनो ब्रह्मले देखेको कुरो बोल्ने, लेख्ने नेता तथा कार्यकर्ताभन्दा पनि यस्तै अह्रौटे, भरौटे, हनुमाने, लगाम लगाएको घोडासरह चढ्नेले जता झड्कारो त्यतै दौडने, चन्दादाता, आश्रयदाता, अन्नदाता, ठेकेदार, अनि मुठ्ठीभर प्रविद्घिका मान्छेहरूको विभिन्न राजनीतिक दलमा हाली मुहाली भएकैले गर्दा संसदीय, प्रदेशसभा र स्थानीय निर्वाचनमा मात्रै होइन, आआफ्नो राजनीतिक दलभित्रको विभिन्न निकायको निर्वाचनमा समेत पैसो नहुने, इमानदार र लामो समयदेखि आआफ्नो दलभित्र खटिएका नेता तथा कार्यकर्ताहरूले प्रत्यक्ष निर्वाचन र समानुपातिकको सूचीमा नामै सिफारिस नहुने स्थिति पैदा हुँदै गएको छ ।

हो, आफ्नो बुद्धि र विवेकले देखेअनुसार चल्ने र आप्mनो ब्रह्मले देखेको कुरो बोल्ने, लेख्ने नेता तथा कार्यकर्ताभन्दा पनि अह्रौटे, भरौटे, हनुमाने, लगाम लगाएको घोडासरह चढ्नेले जता झड्कारो त्यतै दौडने, चन्दादाता, आश्रयदाता, अन्नदाता, ठेकेदार, अनि मुठ्ठीभर प्रवृत्तिका मान्छेहरूको विभिन्न राजनीतिक दलमा हालीमुहाली भएकैले र, विभिन्न राजनीतिक दलमा यस्तै मान्छेहरूको भिड बढ्दै गएकोले गर्दा नै सरकारमा रहेका मान्छेहरू अनि राज्य पक्षका अनुदारवादी रुझान राख्ने मान्छेहरूले नेपालका आदिवासी जनजाति, महिला, उत्पीडित वर्ग/समूह, दलित, मधेसी, मुस्लिम, धार्मिक अल्पसंख्यक, तेस्रो लिंगी आदिका विरुद्घ जताभावी गर्ने गरेका छन् ।

जस्तो कि, दुई वर्षअघि तत्कालीन ओली सरकारका अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष ०७८/७९ को वार्षिक बजेट पेसगर्ने क्रममा नेपालको पूर्वी क्षेत्र (हालसम्म नाम नजुरेको एक नम्बर प्रदेश) मा पर्ने ताप्लेजुङ जिल्लाको सुकेटार विमानस्थको नाम फेरेर (जो लिम्बु भाषामा रहेको ‘सुः रित तेल्लोक’बाट अपभ्रंश हुँदै ‘सुकेटार’ भएको हो । स्रोतः राम मादेनको फेसबुक) सो विमानस्थलको नाम ‘रवीन्द्र अधिकारी’ र तेह्रथुम जिल्लाको पूर्व–दक्षिण क्षेत्रको आठराई ! क्षेत्रको चुहानडाँडाँमा बन्ने भनिएको विमानस्थललको नाम ‘आङछिरिङ शेर्पा’ राख्ने निर्णय गरेका थिए ।

आदिवासी जनजाति भन्नेहरूको पाइन देखेरै ! राज्य चलाउने मान्छेहरूले त्यस्तो आँट गर्ने गर्छन् । जबकि त्यस अघिदेखि नै आदि अनादि कालदेखिका त्यही क्षेत्रमा उत्पत्ति भएका वा परापूर्व कालदेखि बस्दै आएका लिम्बु जातिका ईष्ट–देवी र धार्मिक आस्थाकी धरोहर मुक्कुमलुङ (युमा/माङ) लाई जहिले, जसरी, जुन उदेश्यले हिन्दूकरण गरेर ‘पाथीभरा देवी’ भनेर नामाकरण गरेको भए तापनि अब पुनः लिम्बु भाषामा रहेको मुक्कुमलुङ (युमा/माङ) नामलाई नै पुनः स्थापित गर्नुपर्छ, नयाँ नाम राख्नुपर्छ भनेर सो क्षेत्रमा परापूर्व कालदेखि बस्दै आएका लिम्बु जातिहरूका थरगत संस्था (सयङ) हरू मिलेर ०७६÷७७ असारदेखि संगठित रूपमै विभिन्न चरणमा विभिन्न खालका संघर्ष र आन्दोलन गर्दै आएका छन् । तापनि सरकारले लिम्बु जातिको सो माग सम्बोधन गर्न चाहेका छैनन् ।

अर्थात् पुनः लिम्बु भाषामा ‘मुक्कुमलुङ (युमा÷माङ) नाम’ लाई नै स्थापित गर्नुपर्ने भन्ने मागलाई किनारा लगाउन चाहेका छैनन् ।
त्यसो हुनुमा हाम्रा भनिएका मान्छेहरू (विभिन्न राजनीतिक दलमा रहेका आदिवासी जनजाति मूलका नेताहरू) जस्तै त्यस्ता मान्छेहरूको नामै लिनुपर्दा लिम्बु जातिकै सुवास नेम्बाङ नामक ‘लिम्बु बाहुन !’ सरकार पक्षीय एमालेका संसदीय दलका उपनेता नै छन् ।) तर, गाँठी कुरो के हो भने, सुवास नेम्बाङ नामक ‘लिम्बु बाहुन !’ मात्रै नभएर अन्य आदिवासी जनजाति मूलका नेताहरू पनि नेपालका ठूला भनिएका राजनीतिक दल र ती दलमा रहेका प्रभावशाली नेता भनिनेहरूका ‘करिया’, ‘कमारो बुद्घि भएका’ मालिकले अह्राए÷खटाएको काम मात्रै खुरुखुरु गर्ने नोकर, ‘झोलेपोके’ र ‘लगाम लगाएको घोडा’ खालका मात्रै भएकोले गर्दा नेपालको सम्पूर्ण जनसंख्याको लगभग ३८/४० प्रतिशत जनसंख्या भए तापनि (आधिकारिक रूपमा केतविले गरेको जनगणनामा लगभग ३७ प्रतिशत) नेपालका आदिवासी जनजातिहरूले हालसम्म कागजमा बाहेक काम र व्यवहारमा केही प्राप्त गर्न सकेको देखिँदैन । देशमा धर्म निरपेक्षता लागू भएको १४/१५ वर्ष (अन्तरिम संविधान–२०६३ जार भएको मितिदेखि हालसम्म ।) भइसक्दा पनि उल्टै अझैं पनि हिन्दूहरूको ‘माता–लक्ष्मी गाई !’ र ‘पिता गोरु !’ काटेको/मारेको आरोपमा १०/१२, १५/२०, २५/३०, ४०/४५ हजारदेखि ५०/६० हजारसम्म नगद जरिवाना र दुई÷तीन वर्षसम्म जेल (फैसला गर्ने न्यायाधीश–श्रीमानको तजबिजमा भरपर्ने गरेको छ) परिरहेकै छन् ।

हुन त एकभाषाले अर्को भाषालाई अतिक्रमित गर्ने क्रम विश्वमा तीव्ररूपले चलिरहेको छ । स्थान नामहरूका सम्बन्धमा पनि यो कुरा लागू भएको पाइन्छ । नेपालमा राज्य र राज्य पक्षका मान्छेहरूले केबल मुक्कुमलुङ (युमा/माङ) को नाम फेरेर पाथीभरा देवी बनाउने कुरोमा मात्रै सीमित रहेको छैन, नेपालका अधिकांश स्थानहरूको स्थानीय नामहरू पनि खस/नेपाल भाषा र अन्य बाह्य भाषाका नामहरूले द्रुत गतिमा अतिक्रमण गरेको देखिन्छ । यसरी आदि अनादि कालदेखि रहेका स्थानीय गाउँ, ठाउँ र स्थान नामहरू अतिक्रमित हुने क्रममा विषेशतः हिन्दू देवी–देउताका नाम, खस–नेपाली भाषा, अंग्रेजी भाषा र प्रसिद्ध व्यक्ति तथा व्यक्तित्वहरूको नामलगायत अन्य विदेशी भाषाले तीव्र गतिमा अतिक्रमण गरी रहेको देखिन्छ । कतिपय स्थानीय स्थान नामहरू भने, आफ्नो मौलिक नामबाट, ऐकार, ऊकार, एकार, एकार आदि मात्रै पनि बिगारेर/बिग्रिएर पनि अपभ्रंशित हुँदै गइरहेको अवस्था पनि देखिन्छ ।

पूर्वको मेची अञ्चलको इलाम जिल्लामा रहेको सन्दकफुलाई नै लिऊँ । ‘सन्दकफु’लाई हाल सन्दकपुर बनाइएको छ । उता अन्तुडाँडाको नाम पूरै परिवर्तन गरेर ‘दीपेन्द्र’ (तत्कालीन युवराज दीपेन्द्रको नाममा) शिखर बनाइएको छ । तर, आजभोलि अन्तुडाँडाको नयाँ नाम दीपेन्द्र शिखरभन्दा पनि अन्तुडाँडा भनेरै चिनिन थालेको छ । निश्चय नै यसले सकारात्मक सन्देश प्रवाह गरेको छ । हुन त यी नामहरू लाप्चा आदिवासी जातिको मातृभाषामा रहेको (कसैकसैले मगर भाषामा रहेको नाम हो भने तापनि पाँचथर र इलाम, खासगरी इलाममा परापूर्वकालदेखि बस्दै आएको जाति भनेको लाप्चा जाति भएकोले लाप्चा जातिको भाषामा नै रहेको नामहरू हुन्, ती) स्थानीय स्थान नामहरू हुन् । त्यस्तै तेह्रथुम जिल्लाको सदरमुकाम ‘मेयङ लुङ’ हाल अपभं्रषित भएर ‘म्याङलुङ’ भएको छ । यतिसम्म कि तेह्रथुम जिल्लाको सदरमुकाममा केही वर्षअघि स्थापना गरिएको ‘मेयङ लुङ’ (बिरालोको प्रतिमा) मा लेखिएको÷कुँदिएको ‘मेयङ लुङ’ अक्षरबाहेक तेह्रथुम जिल्लाभरिको होर्डिङ बोर्डहरूमा ‘म्याङलुङै’ ‘म्याङलुङ’ मात्रै लेखेको देखिन्छ । साथै तेह्रथुम जिल्लाकै ‘हात्तिलेङे (पूरै खोलालाई हिंवा खोला भनिन्छ), झरनाको पनि नाम अपभ्रंषित भएर ‘ह्यात्रुङ’ भएको छ । तेह्रथुमकै ‘सुम्दोवा’ गाउँ हाल ‘सम्दु’ र ‘सङबो’ गाउँ ‘संगपु’ भएको छ ।

स्मरणयीय कुरो के छ भने, भोजपुर जिल्लाको ‘कुलुङ’ गाउँको नाम भने जस्ताको तस्तै हालसम्म पनि ‘कुलुङ’ नै कायम रहन सफल भएको छ । स्मणीय छ, कुलुङ जाति नेपालका प्राचीन जातिहरूमध्येका किराती आदिवासी हुन् । यता सोलुखुम्बुको ‘फुसतेल’ र सत्तो–सोत्तो गाउँहरू भने, क्रमशः सोताङ र शिवटार/कृष्णटार भएको छ । खोज्दै जाँदा नेपालभरि नै स्थानीय नामहरू, खास गरी आदिवासी जनजातिका मातृभाषामा राखिएका/रहिआएका स्थानीय नामहरू नेपालीकरण–खसकरण र विदेशी विशेषतः अंग्रेजी भाषाको अतिक्रमणमा परेका छन् । यसरी आदिवासी जनजातका भाषामा रहेका तर, अरू भाषाबाट अतिक्रमित भएका स्थान नामहरू धेरै रहे तापनि, पोखरा नजिकको ‘ह्याङजा’ अहिले हेम्जा भएको छ भने पोखराकै ‘पाताले छाँँगो’ हाल ‘डेबि’ज फल्स’ भएको छ । भनिन्छ, डेबी नामक स्विस तरुनी (विदेशी महिला) उक्त छागाँबाट खसेर बेपत्ता भएपछि÷मरेपछि ! ‘पाताले छाँँगो’ ‘डेबि’ज फल्स’ भएकी हुन् !

प्रतिक्रिया