मिश्रको राप्रपा प्रवेशकी, ओली-लिङ्देन ‘मिसन काठमाडाैं –१ ?’

काठमाडौंं । विवेकशील साझा पार्टीमा लामो समय विवादमा परेका रविन्द मिश्र राप्रपा प्रवेश गरेका छन् । मिश्र र राप्रपाले यसलाई पार्टी एकीकरणको संज्ञा दिएपनि राजनीतिक जानकारहरु भने मिश्र राप्रपामा प्रवेश गरेको दाबी गरेका छन् । बुधबार राजधानीमा आयोजित कार्यक्रममा मिश्र र र राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले संयुक्त रुपमा घण्टी बजाएर पार्टी प्रवेशको घोषणा गरेका थिए। मिश्रलाई काठमाडौको क्षेत्र नं १ बाट सो पार्टीको तर्फकाट संघीय तर्फ उम्मेदवार बनाउने सहमति भएपछि बुधबार उनी विधिवत राप्रपामा प्रवेश गरेको बताइएको छ।

मिश्रले केही दिन पहिला एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास पुगेर यस बिषयमा छलफल गरेका थिए। एमालेको राम्रो पकड नभएको र एमाले राप्रपाबीच तालमेलको कुरा चलिरहेकोले कतिपयले यसलाई ‘मिसन ओली लिङदेन’ भनेर समेत नामाकरण गरेका छन् । तर यो मिसन कति सफल होला भन्ने आम प्रश्न उठेको छ।

पार्टी प्रवेश गर्ने कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीअध्यक्ष राजेन्द्र लिङदेनले आगामी चुनावमा आफ्नो पार्टी पहिलो शक्ति बन्न सक्ने दाबी गरेका छन् ।
विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रलाई पार्टीमा भित्र्याउँदै उनले अब चुनावमा पहिलो बन्ने उद्घोष गरेका हुन् ।

एकता घोषणा समारोहमा लिङदेनले काठमाडौंका मेयर बालेन्द्र साहले चुनाव जितेको उदाहरण पेश गरेका थिए ।

‘कसले ठानेको थियो, बालेन्द्रले चुनाव जित्छन् भन्ने ’ उनले भने, ‘कांग्रेस–एमालेले उनलाई मतदान अघिसम्म खिसिट्यूरी गरिरहेका थिए । तर, जब बाकस खोलियो अनि बल्ल उनीहरू झस्किए ।’

लिङदेनले आगामी चुनावमा पनि जनताले विश्वासिलो विकल्प खोजिरहेको बताए । ‘तीन दशकदेखि प्रजातन्त्र र गणतन्त्रको नाममा जारी लुटतन्त्रको अन्त्य देशले खोजिरहेको छ । खाली विश्वासिलो शक्तिको आवश्यकता छ । अहिले त्यस्तो विकल्प खोज्नेहरूले राप्रपालाई आशाको नजरले हेरिरहेका छन्,’ उनले भने ।

‘कांग्रेस, एमाले, माओवादीमै बसेर पनि यसपालि हलोमा भोट दिन पाइन्छ । कांग्रेस–एमाले जिन्दावाद भनेर हिँड्ने, हाल्दा हलोमा हाल्ने । गन्दा मात्रै नेताले थाहा पाओस्,’ उनले भने । लिङदनले मिश्रसहित पार्टीमा आएका नेताहरूले कत्ति पनि असहजता महसुस गर्नु नपर्ने प्रत्याभूति दिलाए । आफूहरूले पदका लागि राजनीति नगरेको भन्दै उनले भोलि पनि पदकै कारण झगडा नगर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया