पाँचथर । नेकपा एमालेकाे भातृ संगठन अनेरास्ववियुको पाँचथर को १८औ जिल्ला अधिवेशन सकिएको छ । अनेरास्ववियु केन्द्रिय उपाध्यक्ष कल्पना वाइवाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।अधिवेशन बन्द सत्र ले ३१ सदस्य कमिटी सर्वसहमति मा नेतृत्व चयन गरेको छ ।
अध्यक्ष अर्जुन नेम्वाङ, उपाध्यक्ष रोसन घिमिरे,सचिव मुक्तोक जबेगू, सहसचिव दिनेश केरुङ, महेश चापागाईं, वृशिका नेम्वाङ र कोषाध्यक्षमा बबिता पुरीलगायत ३१ सदस्य चयन गरिएको छ । उदघाटन सत्रमा विभिन्न वक्ताहरुले शुभकामना व्यक्त गरेका थिए ।
एमाले केन्द्रीय सदस्य अइन्द्र सुन्दर नेम्वाङ, पाटि जिल्ला सचिव विष्णु प्रसाद सापकोटा, उपसचिव पृथ्वी लावती लगायत ले शुभकामना व्यक्त गरेका थिए । अधिवेसनमा सचिव मिक्तोक जबेगूले क्यारिकेचर गरेर हसाएका थिए भने, गायक लिलाराज जबेगूले टिम्बुरे हत्या काण्डको गीत गाएका थिए । जनसांस्कृतिक अभियानमा दुख गरेको तर एमालेका केही नेताले कलाकारहरु लाइ बिर्सिएको गायक लिलाराज जबेगूले गीत गाएरै गुनासो पाेखे ।
प्रतिक्रिया