युमीनलाई मिसेस कल्चरको ताज

काठमाडौं । ‘मिसेस नेपाल कल्चर २०२२’ को उपाधि युमीन खत्रीले हात पारेकी छन् । ३७ प्रतियोगीलाई उछिन्दै उनले शीर्ष उपाधि जित्न सफल भइन् । राष्ट्रिय नाचघर जमलमा शनिबार आयोजित प्रतियोगितामा शुभेक्षा ढकाल राणा फस्ट रनरअप, ज्योति दीक्षित सेकेन्ड रनरअप, सुस्मिता भण्डारी अधिकारी थर्ड रनरअप र मञ्जु पाठक फोर्थ रनरअप भए ।

युहान इन्टरनेसनल इभेन्ट्सले विवाहित महिलाको अनुभव, परिपक्वता, सिकाइ अझ बृहत र विस्तारित रुपमा समाज सामु ल्याएर उनीहरुको व्यक्तित्व विकास गर्ने लक्ष्यका साथ प्रतियोगिता गरेको जनाएको छ । साथै, आत्मविश्वास अभिवृद्धि र सशक्तिकरणमा योगदान पु¥याउने उद्देश्यले आयोजित प्रतियोगितामा पब्लिक च्वाइस नीशा तिमल्सिना, पब्लिक च्वाइस रनरअप गीता भट्ट ओझा, भ्युअर्स च्वाइस मञ्जु पाठक, भ्युअर्स च्वाइस रनर अपनिशा आचार्य, मिसेस ट्यालेन्ट सुभेक्षा ढकाल राणा, म्यानेजमेन्ट च्वाइस नुरा ढुंगाना, मिसेन बेस्ट पर्सनालिटी मनिषा थापा, बेस्ट ड्रेस सुष्मिता भण्डारी, अधिकारी, बेस्ट वाक सुजना शाही, मिसेस् फोटोजेनिक गंगा अधिकारी, बेस्ट स्माइल सुस्मिता भण्डारी अधिकारी, मिसेस् कञ्जिनालिटी जयन्ती यादव, मिसेस कन्फिडेन्ट अनिता तण्डुकार, मोस्ट इन्टेलिजेन्ट युमिन खत्री, मोस्ट एक्टिभ काजल लोहियाले हात पारे ।

प्रतीक्षा घिमिरे, नीशा तिमल्सिना, जयश्वरी श्रेष्ठ, मनिषा पौडेल, प्रमिला खड्का, रमिता महर्जन, विद्या श्रेष्ठ, यशोधा जोशी, सुभेक्षा ढकाल राणा, सुजना शाही, अर्कना हुसेन, सारा राई, मञ्जु पाठक, अञ्जना पाण्डे, अञ्जना खालिङ राई, अनिता तण्डुकार, शोभा ढकाल, रचना भुजेल प्रधान, सपना खड्का, प्रतिज्ञा थापा, एलिना कार्की, मनिषा थापा, पायल अग्रवाल, सबी बज्राचार्य, कान्छी मैया खयामली, रेणु सिंह, जयन्ती यादव, नुरा ढुंगाना, प्रतिमा रौनियार, सुस्मिता भण्डारी अधिकारी, कमला भण्डारी, काजल लोहिया, निशा आचार्य, गंगा अधिकारी, नीशा भट्टराई, गीता भट्ट ओझा, ज्योति दीक्षित, यूमिन खत्रीलाई प्रतियोगिताको आजीवन सद्भावनादूतसमेत प्रदान गरियो । प्रतियोगीतामा प्रथम मिस नेपाल रुबी राणालाई सम्मानार्थ ‘मिसेस् नेपाल कल्चर’ को उपाधि प्रदान गरिएको थियो ।

संगीता रौनियार, गजित विष्ट, नानी थापा, प्रशान्त ताम्राकार, लक्ष्मी भण्डारी निर्णायक रहेको प्रतियोगिताको कोरियोग्राफी रोजिन शाक्यले गरेका थिए । विभिन्न समुदायको कल्चर झल्किने मौलिक भेषभूषासमेत प्रदर्शन गरेको प्रतियोगिताको सांस्कृतिक मुल्य, मान्यता, मौलिक परिचयको महत्वलाई संवद्र्धन र प्रवद्र्धन गर्ने उद्देश्य रहेको आयोजक युहानका सञ्जिता श्रेष्ठले बताइन् ।
कार्यक्रमको व्यवस्थापन निर्देशक सानु खानले हेरेका थिए । खानले भने, ‘विवाह संस्कार नेपाली सांस्कृतिक परिचयको अझ सबैभन्दा महत्वपूर्ण पक्षका रुपमा रहेको छ । यही परिचयमा अगाडि बढेका विवाहित महिलालाई ‘मिसेस नेपाल कल्चर’ को सांस्कृतिक अभियानको रुपमा प्रस्तुत गर्न खोजएको हो ।’ प्रतियोगिताका विजेताले शीर्ष उपाधिका साथमा दुई लाख बराबरको उपहारसँगै विभिन्न अवसरसमेत प्राप्त गरेका छन् ।

प्रतिक्रिया