स्वाभिमानी सहकारीमा नयाँ संचालक समिति चयन, अध्यक्षमा लोकान्द्री

पाँचथर । फिदिम नगरपालिका कार्यक्षेत्र भएको स्वाभिमानी कृषि सहकारी संस्थाको तेश्रो अधिवेशन सोमबार सम्पन्न भएको छ।
सहकारी संस्थाको आब २०७८/०७९ को लेखापरीक्षण प्रतिवेदन, संगठानीक प्रतिवेदन, आर्थिक प्रतिवेदन र आब २०७९/०८० को कार्ययोजना प्रस्तुति संस्थाको अध्यक्ष रमला लोकान्द्रिले गरेकी थिइन । सहकारी संस्थामा १ सय ५७ सेयर सदस्य रहेका छन् । यो सहकारीमा आबमा २८ लाखको कारोबार भएको छ ।

कृषि क्षेत्रलाई फिदिम नगरपालिकाले प्राथमिकता राखेको छ। सहकारीहरुले कृषिलाइ प्राथमिकता दिएर अघि बढेमा मात्र सहकारीको दिगोपन हुने कार्यक्रमका प्रमुख अतिथि फिदिम नगरपालिका उपप्रमुख राधाकृष्ण न्यौपानेले बताए । उक्त कार्यक्रममा सहकारीहरु निति नियममा नचलेको कारण समस्याहरु सृजना भएको, बिषय अनुसार ७०% कारोबार गर्न पर्ने भए पनि अब त्यस तर्फ कारोबार नगर्ने हो, भने अब विषय परिवर्तन गर्न तर्फ लाग्न फिदिम नगरपालिका सहकारी शाखा प्रमुख सरस्वती सिवाकोटीले आग्रह गरेकी थिइन् ।

सहकारी संस्थाको वार्षिक साधारणसभा तथा अधिवेसन सफलताको शुभकामना दिनेहरू, राष्ट्रिय सहकारी बैंक फिदिम शाखा प्रबन्धक, जिल्ला सहकारी संघ कोषाध्यक्ष, सञ्चारकर्मी बिजयबोध लावतिले दिएका थिए । संस्थाको अधिवेशनले नयाँ सञ्चलाक समिति चयन सर्वसम्मतबाट गरिएको छ। अध्यक्षमा रमुना लोकान्द्री, उपाध्यक्षमा गंगादेवी श्रेष्ठ, सचिवमा सानु थापा, सहसचिवमा शान्ति राइ कोषाध्यक्ष ग्यानु ढुङ्गाना लगायत ९ जनाको संचालक समिति चयन गरिएको छ । त्यस्तै लेखा समितिको संयोजक शर्मिला थेबे, सदस्यमा बालिका न्यौपाने र चन्द्रा श्रेष्ठ रहेका छन् ।

प्रतिक्रिया