पाँचथर । राष्ट्रिय युवा संघ नेपाल पाँचथर जिल्लाको अध्यक्षमा पुन कमल थपलिया निर्वाचित भएका छन् । आइतबार भएको सातौँ जिल्ला अधिवेशनबाट कमल थपलियाको अध्यक्षतामा ६३ सदस्य सर्वसम्मत चयन भएका हुन् । अध्यक्षमा कमल थपलिया, उपाध्यक्षमा मदन लावती, सचिवमा सन्दिप नेम्वाङ, सह–सचिवमा रितु बण तुम्वापो र इश्वरी खरेल, कोषाध्यक्षमा सरिता मगर चयन भएका छन् ।
अधिवेशन केन्द्रीय अध्यक्ष किरण पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । खुल्ला सत्रमा सञ्जिव थेबे, एमाले अध्यक्ष राजकुमार भण्डारी, केन्द्रीय सदस्य सिरिप्रसाद जबेगू, अइन्द्र सुन्दर नेम्वाङ, लगायत ले आसन्न निर्वाचनमा एमालेका नेताहरु लार्इ बिजयी गराउन मतदा गराउन निर्देशन सहित शुभकामना व्यक्त गरेका थिए । नेताहरुको लामो सम्बोधनले गर्दा राति अबेरसम्म बन्द सत्र चलेको थियो ।
प्रतिक्रिया