धनकुटाका माओवादी नेताहरुकाे सामूहिक राजीनामा

हेमराज भण्डारी र सामुहिक राजीनामा पत्र

काठमाडौं । नेकपा माओवादी केन्द्र धनकुटाका नेताहरुले सामूहिक राजीनामा दिएका छन्। आइतबार एक विज्ञप्ति जारी गर्दै धनकुटाका माओवादी नेताहरुले सामूहिक राजीनामा दिएको घोषणा गरेका हुन् । राजीनामा दिनेमा धनकुटाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय नेतासहित जिल्ला समन्वय समितिका सम्पूर्ण पदाधिकारी रहेका छन् । शनिबार बसेको जिल्ला समन्वय समितिको बैठकले सामूहिक राजीनामा दिने निर्णय गरेको थियो ।

सामूहिक राजीनामासँगै हेमराज भण्डारीको नेतृत्वमा स्वतन्त्र अभियानलाई अगाडि बढाउने निर्णय गरिएको जिल्ला समन्वय समितिका संयोजक डिल्लीराम राईद्वारा हस्ताक्षरित सामूहिक राजीनामा पत्रमा भनिएको छ । आइतबार पत्रकार सम्मेनलको आयोजना गरेर सामूहिक राजीनामाबारे उनीहरुले जानकारी दिएका छन् । कांग्रेसलाई प्रतिनिधि सभाको सिट दिने गठबन्धनमा सहमित भएको सूचना पाएपछि जिल्लाका नेता कार्यकर्ताले सामूहिक राजीनामा दिएका हुन् ।

प्रतिक्रिया