बिरामीको हातबाट जुस पिएर डा. गोविन्द केसीले तोडे सत्याग्रह

काठमाडाैं । स्वास्थ्य सेवा सुधारका लागि उठाएका माग सम्बोधन गर्न सरकार सहमत भएपछि डा. गोविन्द केसीले सत्याग्रह तोडेका छन् । डा. केसीले शनिबार साँझ १३औं दिनमा सत्याग्रह तोडेका हुन् । उनले त्रिवि शिक्षण अस्पतालमा उपचाररत बिरामीको हातबाट जुस पिएर सत्याग्रह तोडेका हुन् ।

यसका लागि सरकारले उनीसँग १० बुँदे सहमति गरेको छ। सहमति पत्रमा डा. केसी र सरकारका तर्फबाट गठित वार्ता टोलीका संयोजक एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव डा. गणेशप्रसाद पाण्डेले हस्ताक्षर गरेका छन् ।

यसअघि सरकारले आफूसँग गरेका सहमति कार्यान्वयन गर्न माग गर्दै उनले गत भदौ २७ गते धनगढीबाट सत्याग्रह शुरु गरेका थिए । उनको स्वास्थ्यमा समस्या आएपछि काठमाडौं ल्याइएको थियो ।

प्रतिक्रिया