हेटौँडा १५ मा वडाध्यक्ष कप जारी : समृद्धि र सुनौलो टोल क्याटर फाईनलमा

मकवानपुर । टोल विकास संस्था स्तरीय हेटौँडा—१५ नम्बर वडा अध्यक्ष कप फुटबल प्रतियोगिता जारी रहेको छ । रातोमाटेको सशस्त्र प्रहरी मुख्यालयको खेलमैदानमा जारी प्रतियोगितामा आज दुई खेल भएको सम्पन्न भएको हो । पहिलो खेल सुनौलो टोल विकास संस्था र सशक्ती टोल विकासविच भएको प्रतियोगितामा सशक्त टोल विकासलाई ०-३ गोल अन्तरले पछि पार्दै सुनौलो टोल क्याटरफाईनलमा प्रवेश गरेको हो ।

त्यस्तै आजै भएको अर्को खेल गौरी शिखर टोल विकास र हाम्रो समृद्धि टोल विच भएको प्रतियोगितामा भारी गोल सहित हाम्रो समृद्धि टोल विजयी भएको छ । हाम्रो समृद्धि टोलले ५ः१ को गोल गर्दै क्याटरफाइनमा प्रवेश गरेको हो । पहिलो खेलमा उत्कृष्ट प्रर्दशन गर्दै सशक्तिका बिराट दोङ र दोस्रो खेलमा हाम्रो समृद्धिका दोर्जे लामा म्यानअफ द म्याच घोषित भए ।

सामाजिक सद्भाव अनि उत्कृष्ट फुटबल खेलाडीहरु उत्पादन गर्ने उदेश्यले टोल विकास संस्था समन्वय समिति हेटौँडा–१५ को आयोजना तथा हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ को प्रायोजनामा प्रतियोगिता भएको संस्थाका अध्यक्ष सिङ बहादुर विश्वकर्माले जानकारी दिनु भयो । प्रतियोगितामा १७ वटा टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको उपाधी चुम्ने टिमले नगद ५१ हजार पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपविजेताले नगद ३० हजार मेडल, प्रमाणपत्र हात पार्ने संस्थाका सचिव युवराज लामाले बताउनु भयो । त्यस्तै प्रतियोगिता अवधीभर उत्कृष्ट खेल प्रर्दशन गर्ने ब्यक्तीगत बिधा तर्फका खेलाडीलाई पुरस्कृत गरिनेछ । प्रतियोगिता असोज ६ गतेदेखि १५ गते सम्म संचालन हुनेछ । प्रतियोगिता नकाउटका आधारमा खेलाईने छ ।

प्रतिक्रिया