कसरी धरासायी हुँदैछन् बैंकहरू ?

अनुषा थापा

एक वर्षअघि १० लाख पर्ने सेयर धितो राखेर बैंकले पाँच लाख ऋण दियो । पाँच लाख लिएकाटेले सावा र व्याज नतिर्दा सात लाख पुगेको छ । तर, अहिले त्यो सेयर बेच्दा दुई लाख आउँदैन । बैंक त पानी पनि पिउन नपाइकन चुलुम्मै डुबेको छ । सेयरमा लगानी गर्ने बैंकहरू धरासायी बनिसकेका छन् तर यो कुरा कतै बाहिर आउन दिइएको छैन् । सहकारी त पहिल्यै जोखिम छ अब पालो बैंकको । सहकारीको अवस्था थाहा पाएपछि बचतकर्ताले पैसा राख्न छाडेका छन् । यता, बैंकमा पनि मन्दी छाएपछि र बचतकर्ताले पैसा राख्न बन्द गरेपछि ब्याज बढाउनतिर बैंकहरू लागिपरेका छन् । नेपाल बैंकर्स एसोसिएसनले १३ प्रतिशतसम्म ब्याज दिने भनेर निर्णय गरेको छ ।

पछिल्लो समय सेयर कारोबार निरन्तर आरोलो लागिरहेको छ । सेयर कारोबार घटेसँगै लगानीकर्ताहरूको बिचल्ली भएको छ । कतिपय सेयर लगानीकर्ताहरू भागिसकेका छन् भने कतिपय भाग्नलाई ठिक्क परेका छन् । सेयरको मूल्य घटेपछि लगानीकर्ताहरूले बैंकको किस्ता तिर्न छाडेका छन् । हिजो दुई हजारमा किनेको सेयर अहिले एक सय रुपैयाँमा बिक्री हँुदैन । सेयरवालाहरूको भागाभाग चलेपछि बैंक पनि धरासायी बनेको छ । बैंकले हिजो सेयरको मूल्य महँगिएको बेला भकाभक लगानी ग¥यो । यताउता केही नहेरी धमाधम सेयर धितो राखेर ऋण दियो । अहिले त सेयर कारोबारमै मन्दी आएको छ । जसका कारण न बैंकले सावा उठाउन सकेको छ न धितो लिलामी गर्न ।

एक वर्षअघि १० लाख पर्ने सेयर धितो राखेर बैंकले पाँच लाख ऋण दियो । पाँच लाख लिएकोले सावा र व्याज नतिर्दा सात लाख पुगेको छ । तर, अहिले त्यो सेयर बेच्दा दुई लाख आउँदैन । बैंक त पानी पनि पिउन नपाइकन चुलुम्मै डुबेको छ । सेयरमा लगानी गर्ने बैंकहरू धरासायी बनिसकेका छन् तर यो कुरा कतै बाहिर आउन दिइएको छैन । सहकारी त पहिल्यै जोखिम छ अब पालो बैंकको । सहकारीको अवस्था थाहा पाएपछि बचतकर्ताले पैसा राख्न छाडेका छन् । यता, बैंकमा पनि मन्दी छाएपछि र बचतकर्ताले पैसा राख्न बन्द गरेपछि ब्याज बढाउनतिर बैंकहरू लागिपरेका छन् । नेपाल बैंकर्स एसोसिएसनले १३ प्रतिशतसम्म ब्याज दिने भनेर निर्णय गरेको छ ।

पहिले ११ प्रतिशत ब्याज दिने गरिएकोमा एकैपटक दुई प्रतिशत बढाइएको छ । बाहिर १३ प्रतिशत भने पनि भित्रभत्रै १४ देखि १६ प्रतिशतसम्म व्याज दिन्छन्, बैंक । यत्रो व्याज बढाँउदा पनि सर्वसाधारणले बैंकमा पैसा राखेका छैनन् । बैंकहरू डुबिसकेको र घाटामा गइसकेको कुरा थाहा पाएकाले सर्वसाधारणहरू पहिल्यै सचेत बनेको बुझिन्छ । विभिन्न विज्ञापन बजाएर व्याजको लोभ देखाउँदा पनि सर्वसाधारण फसेका छैनन् । हिजोको दिनमा बढी नाफा कमाउन बैंकले जथाभावी कर्जा लगानी ग¥यो । बढी बोनस र कमिसन खानका लागि आँखा चिम्लेर लगानी गर्ने काम भयो । जति पनि सर्वसाधारणले बचत गर्थे त्योमध्ये ९८ प्रतिशत त घरजग्गा र सेयरमा लगानी ग¥यो ।

अहिले मालपोतमा पनि घरजग्गा नामसारी ठप्पझैँ छ । दिनमा एक÷दुई वटा पनि घरजग्गा किनबेच हुँदैन । उता, विगतमा २० लाख आना पर्ने जग्गा अहिले दुई लाखमा बिक्री नहुने भइसकेको छ । बैंकले लगानी गरेको क्षेत्रमा मन्दी आउनेबित्तिकै यसले थप ठूलो क्षति पु¥याउँछ । बैंक कहीँकतैबाट सुरक्षित छैन । एकातिर किस्ता बढेको बढ्यै छ अर्कोतिर धितोको मूल्य घटेको घट्यै । अनि कहाँबाट बैंक सुरक्षित भयो ? सर्वसाधारणलाई ब्याजको लोभ देखाएर पैसा थुत्ने बैंकर्स एसोसिएसनको निर्णय गलत होइन ? पहिले के कारणले जनताले पैसा राख्न छाडे ? यो खोजी गर्नुपथ्र्यो । आफ्नो बढी घुस र नाफा खाने प्रवृत्तिले पो हो कि ? गलत ठाउँमा लगानी गर्दा पो विश्वसनीयता गुमेको हो कि ? लगायतका विषयमा एसोसिएसनले सोचविचार गरेन । सिधैं बैंकको ब्याज बढाउनतिर लागि प¥यो ।

विगतमा बैंकका कारणले धेरै आत्महत्याका घटना घटेका छन् । ऋणीहरूले बैंकको दबाब सहन नसकेर आफ्नो मात्रै नभई पुरै परिवार नै सखाप पारेको घटनाहरू नभएका होइनन् । उता, कतिपयको उठीबास नै भएको छ । पहिले बैंकको काम गर्ने चालचलनमै सुधार ल्याउन जरुरी देखिएको छ । डिपोजिट राख्ने बेला सर्वसाधारण तर कर्जा लिने सबै ठुला व्यापारी । सर्वसाधारणले हत्तपत्त कर्जासमेत पाउदैनन् । पाँच दर्जन ठूला व्यापारीको कब्जामा बैंक छन् । व्यापारीहरूले बैंकबाट धमाधम पैसा निकालेर विदेशी बैंकमा लगेर राखेका छन् । थोरै लगानी गर्ने धेरै विदेशी बैंकमा लगेर राख्ने । सर्वसाधारणलाई कर्जा नदिने हो भने सर्वसाधारणको पैसा किन राख्ने ?

सर्वसाधारणको पैसा बैंकहरूले दुरुपयोग गरेका छन् । व्यापारीहरूले सेवाशुल्क र घुस बढी दिने भएकाले बैंकहरूले उनीहरूलाई मात्र धमाधम कर्जा दिएका हुन् । व्यापारीले एक सय सामान पाँच सय रुपैयाँमा बेचेर जनता ठगिहाल्छ । त्यसमध्ये सय रुपैंया सेवाशुल्क र घुस बैंकलाई दिन्छ अरू आफू राख्छ । यता, व्यापारीले छिटो कर्जा पनि चुक्ता गरिदिन्छन् । एउटाले छिटो पैसा फिर्ता दियो भने अर्कोतिर लगानी गरेर फेरि पनि घुस र सेवाशुल्क खान पाइयो । बैंकले तीन वर्ष, पाँच वर्ष भन्दै कर्जा दिन्छ । तर, एक वर्ष पूरा नहँुदै च्याप्न थाल्छ । गुण्डा लगाउने, धम्काउन तर्साउने त यिनीहरूको पेसा नै हो । ऋण दिने बेलैमा ऋणीलाई मञ्जुरीमा हस्ताक्षर गर्न लगाउँछन् । बैंकले जहिले पनि आफूमाथि पर्ने काम गर्छ । एक करोडको धितो ५० लाख ऋणमा खाइदिन्छन् ।

तीन किस्ता तिरेन भने करोडको सम्पति ५० लाखमै सिद्धिन्छ । अर्को बैंकमा सारेर ऋण तिर्छुभन्दा पनि ऋणीले पाउँदैनन् । धितो हत्याउनका लागि बैंकले अनेकौँ खेल रच्छन् । अर्को बैंकमा सबै प्रक्रिया पु¥याइसके पनि बैंकले भड्काइदिन्छ । ऋण तिर्दैन भनेर भनिदिएपछि त प्रक्रिया पु¥याइसकेको बैंक पनि पछि हट्छ । कर्जा लिएको व्यक्तिले किस्ता तिरेन भने कालोसूचीमा पठाइदिन्छ । यता, पत्रिकामा आफूखुसी ऋणीको नाम निकाल्छ अनि त्यो पनि ऋणीबाटै असुलउपर गर्छ । ऋणीको घरको गेटमा लगेर घर लिलाम गर्न लागेको भनेर टाँसिदिन्छ । उसको छरछिमेक र नातागोताबाट पनि सहयोग नपाओस् भनेर यसो गरिएको हो । बैंकले जानाजान सबै बाटो बन्द गरिदिन्छ ।

ऋणीका लागि अन्तिम विकल्प कि त भाग्नुप¥यो । कि त करोडको धितो ५० लाखमै छोडेर हिँड्नुप¥यो । सावा र व्याज गर्दा ५५ लाख पुगेको हुन्छ । बैंकले त्यो धितो १ करोड २० लाखमा बेच्छ । कतिपय बैंक आफैँले धितो स्वीकार्छ र ऋण आफैँ तिरिदिन्छन् । बैंकहरू छोटो समयमा धनी बन्नुको प्रमुख कारण नै यही हो । बैंकबाट ऋण लिएर व्यापारीहरू त उँभो लागेका छन् । तर, सर्वसाधारणलाई मर्नु न बाँच्नुको पीडा परेको छ । सहकारी विभागमा एक महिनाअघि एक जना पीडित सहकारीको विरोधमा उजुरी गर्न पुगेका थिए । चार लाख रुपैयाँ ऋण लिएको सावा ब्याज गरेर ३४ लाख तिर्दा पनि धितो फुक्का नगरिदिएको उनको भनाइ छ । योबाट सहकारीको नजर घरजग्गामा परेको त स्पष्ट भइसकेको छ । बैंकले कर्जा लगानी गर्दा धितोको भ्याल्युएसन गरेर ४० देखि ६० प्रतिशत ऋण दिन्छ । त्यो पनि घुस र सेवाशुल्क खाएर ।

४० लाख कर्जा लिनेले तीन महिनाको किस्ता तिरेन भने एक करोडको सम्पत्ति त्यतिमै छोडेर हिँड्नुपर्छ । मिटरव्याज पीडित बढ्नुको कारण पनि बैंक नै हो । गृह मन्त्रालयले गठन गरेको मिटरव्याज छानबिन समितिले बैंककै कारणले मिटर्वयाज बढेको औल्याएको थियो । सर्वसाधारणलाई बैंकले कर्जा दिएको भए मिटरव्याजमा पैसा लिनुपर्ने बाध्यता हँुदैन । जनताको घरमा रुवाबासीको अवस्था बन्दैनथ्यो । घुस दियो भने विवरण नपु¥याए पनि बैंकले कर्जा दिन्छ । तर, घुस दिन्छु नभनेसम्म महिनांै दिन अड्काइदिन्छ । कहिले यो पुगेन भन्छ कहिले त्यो झुल्याएर राखिदिन्छ । बैंकको कारणले आत्महत्या गर्नेको संख्या ह्वात्तै बढेको छ । जेथा गुमाउनुको पीडाले आफ्नो जिन्दगी नै खेर फालिदिन्छन् । दुई÷तीन वर्षअघि भक्तपुरमा घटेको घटना त अझ पनि सबैलाई याद नै होला ।

बैंकको ऋण तिर्न नसकेर आफू मात्र नभई आफ्नो छोरा र श्रीमतीलाई नै मारेको थियो । यता, कतिपय बैंकले खाली कागजमा हस्ताक्षर गर्न लगाउँछन् । तल हस्ताक्षर गर्न लगाउँछन् माथि खाली । त्यसमा पछि जे लेख्दा पनि भइहाल्यो । ५० लाखको धितो राखेर १५ लाख रकम लियो भने २५ लाखको तम्सुक गराइदिन्छन् । बैंक र सहकारीको ठगीधन्दा यसरी मौलाइरहेको छ । जनताले यसको विरोधमा आवाज उठाउनुपर्छ । एउटाले पैसा लगेर राख्छ त्यही पैसा अर्कोलाई मँहगो व्याजमा लगानी गर्छ । बैंकले दलालीको भूमिका मात्र निर्वाह गरेको छ । कतिपयको खाताको खाताबाटै पैसा खुसुखुसु निकाल्दिन्छ । बैंक र सहकारीहरू लुट्ने केन्द्र बनेको छ ।

प्रतिक्रिया